दाहाल र डेलिसीवीच भेटवार्ता

काठमाडौं, ४ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले आज भेटबार्ता गरेका छन् ।
एमाओवादी अध्यक्ष दाहाल निवासमा भएको विदाई भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
राजदूत डेलिसीले शान्ति प्रक्रिया र संविधान लेखनमा भएको प्रगतीप्रति अमेरिका सन्तुष्ट रहेको भन्दै नेपाललाई सहयोग जारी रहेन बताएका छन् ।
आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कन थालेका डेलिसीले कांग्रेस, एमालेलगायतका प्रमुख नेताहरुसंग भेटगरी सकेका छन् ।

प्रतिक्रिया