संक्रमणकाल अन्त्य हुन्छः खनाल

काठमाडौं, ३ जेठ । एमाले अध्यक्ष  झलनाथ खनालले मुलुकमा जारी संक्रमणकालिन अवस्था अन्त्य हुन लागेको दावी गरेका छन् । उनले शान्ति र संविधानको बाँकी काम छिट्टै टुङगिने बताए ।
मदन आश्रति स्मृती दिवसका अबसरमा आज पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा खनालले संविधान लेखनको काम सकिएपछि संक्रमणकालिन अवस्था अन्त्य भएर जाने उल्लेख गरे ।
उनले भने, ‘संविधान लेखनका बिषयमा दलहरुवीच महत्वपूर्ण सहमति भएको छ, अव तोकिएकै समयभित्रै संविधान जारी गर्न कसैले रोक्न सक्दैन ।’
मुलुकमा संविधान जारी भएलगतै आर्थिक विकासमा फड्को मार्न सजिलो हुने खनालको भनाई छ ।
तत्कालिन महासचिव मदन भण्डारी,  संगठन विभाग प्रमुख जीवराज आश्रीतको स्मृतिमा एमालेले विशेष कार्यक्रम गरि १९ औं मदनआश्रीत दिवस मनाएको हो ।
कार्यक्रममा अध्यक्ष खनालका साथै वरिष्ठ नेता माधव नेपाल, केपी ओलीलगायतले मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गरेका थिए ।
२०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा तत्कालिन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रीतको निधन भएको थियो ।

प्रतिक्रिया