जोमसोम दुर्घटनामा बलिउडकी बालकलाकार


गत सोमबार पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान दुर्घटनाका मृतकमध्ये बलिउड बालकलाकार तरुणी सचदेव पनि रहेकी छन् । भारतीय सञ्चारमाध्यमले बलिउडको राष्ट्रिय अवार्डप्राप्त चलचित्र पामा अभिनय गरेकी सचदेवको निधन भएको समाचार प्रसारण गरेका छन् ।
चलचित्र रास्नाबाट चर्चा समाउन सफल तरुणी आमा गीताका साथ नेपाल भ्रमणमा आएकी थिइन् । दुर्घटनामा उनीलगायत १३ भारतीयले ज्यान गुमाएका छन् । पामा उनले अमिताभ बच्चनका साथ अभिनय गरेकी छन् । तरुणीको निधनप्रति दु:ख व्यक्त गर्दै अमिताभले ट्विटरमा लेखेका छन्, ‘मसँगै अभिनय गरेकी तरुणीको नेपालमा प्लेन दुर्घटनामा निधन भएको खबरले दु:खी बनाएको छ । कृपया भगवान्ले यो खबरलाई असत्य साबित गरिदिऊन् ।’ भेलिनकक्षत्रम, सत्यम्लगायत दक्षिण भारतीय चलचित्रमा पनि अभिनय क्षमता देखाएकी उनी बलिउड किङ खान शाहरुखले सञ्चालन गरेको रियालिटी सो क्या आप पाचभी पाससे तेज हैमा पनि देखिएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया