त्रिवि साना विषयमा पनि चुकेको प्रधानमन्त्री आरोप


काठमाडौं, २ जेठ । प्रधानमन्त्री बावुराम भट्टराईले राष्ट्रिय महत्वका क्षेत्रमा विषयगत अध्ययन अनुसन्धानबाट देशविकासमा रचनात्मक सहयोग पुराउन सक्नुपर्ने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुरुप विश्वविद्यालय शिक्षालाई परिमार्जन, सुधार तथा वैज्ञानिकीकरण गर्दै जानु पर्ने अनिवार्य आवश्यकता भईसकेको बताए । उनले भने, ‘त्रि.वि. कतिपय सामान्य सवालहरुमा चुक्न पुगेको छ ।’
पठनपाठनको अनियमितता, समयमा परीक्षा नहुने र परीक्षाफल प्रकाशित नहुने भन्दै प्रधानमन्त्री भट्टराईले सामान्य ब्यवस्थापकीय क्षेत्रसँग सम्बन्धित कमजोरीहरु देखिएको आरोप लगाए ।
उनले समयसापेक्ष सान्दर्भिक शिक्षा दिन नसकेका विषयमा पनि त्रि.वि.सँग असन्तुष्टि जनाएका छन् ।
राजनीतिक भागवण्डाको विवादले कतिपय नियुक्तिहरु समयमा हुन नसकेको भट्टराईले स्वीकार गरे । उनले राजनीतिक हस्तक्षेपको बिरोध गर्दै भागवडाको संस्कार अन्त्य गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया