सोफियामाथि रेप !

मुम्बइ : बलिउड अभिनेत्री तथा मोडल सोफिया हयातले आफू बाल्यकालमा बलात्कृत भएको खुलासा गरेकी छन् । हालै उनले आफ्नो ट्विटरमा लेखेकी छन्, ‘दश वर्षको उमेरमा ममाथि रेप भएको हो । स्टारप्लस च्यानलमा अभिनेता आमिर खानले सञ्चालन गर्ने सत्यमेव जयते कार्यक्रमको दोस्रो भागमा बाल यौनशोषणको मुद्दा उठाइएको छ । कार्यक्रमले उठाएको सोही मुद्दाका कारण आफूलाई पुरानो याद ताजा भएको भन्दै उक्त कुरा उल्लेख गरेकी हुुन् ।
ट्विटरमा उनले आफूलाई आफ्नै अंकलले रेप गरेको उल्लेख गरेको एजेन्सीले जनाएको छ । उनले थपेकी छन्, ‘रेप के हो र यसका पीडा कस्तो हुन्छ, म सबै बुझ्छु ।’ रेप भएका बारे आमालाई बताउँदा आफ्नो कुरामा भरोसा नगरेको बताउँदै सोफियाले आमिरले यस्ता मुद्दाबारे खुलेर कुरा गर्न सकिने कार्यक्रम बनाएको भन्दै उनको खुब तारिफसमेत गरेकी छन् ।

प्रतिक्रिया