सहकारी क्षेत्र ‘संकटमा’

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका सभासद् चक्रबहादुर ठकुरीले राजनीतिसँगै सहकारी क्षेत्र संकटमा परेका बतएका छन । गोकर्णस्थित माकलबारी बचत तथा ऋण सहकारी सञ्चालनको दोस्रो वर्षमा प्रवेश गरेको उनले सो धारणा राखेका हुन् । संस्थाले सोमबार विशेष कार्यक्रम आयोजना गरेर दोस्रो वार्षिकोत्सव मनाएको छ ।

सभासद् ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द पौडेलले संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए । संस्थाले हालसम्म १४ लाख १२ हजार आठ सय ४० रुपियाँ ऋण प्रवाह गरेको जानकारी उनले दिए । पौडेलका अनुसार संस्थाको कुल पुँजी १९ लाख ६५ हजार चार सय ६२ रुपियाँ छ । संस्थामा हाल एक सय १८ जना सेयर सदस्य, दुई सय ६८ साधारण बचतकर्ता र ६८ जना खुत्रुके बचतकर्ता छन् । संस्थाको सेयर पँुजी सात लाख ६८ हजार ६ सय रुपियाँ पँुजी रहेको उनले जानकारी दिए ।
सभासद् ठकुरीले राजनीतिक स्थिति राम्रो भएपछि सहकारी क्षेत्र पनि राम्रो हुने विश्वास व्यक्त गरे । पछिल्ला केही वर्षमा सहकारीको संख्या तीव्र रूपमा बढिरहेको भन्दै उनले गुणात्मक वृद्धिमा पनि जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले काठमाडौंका उपसभापति कृष्ण राईले विदेशी मुलुकमा सहकारीको सहयोगले विकासका गतिविधि सञ्चालन भएको बताउँदै नेपालमा पनि यो मोडल उपयुक्त हुने बताए ।

पाँच बुँदे घोषणापत्र जारी

काठमाडौं : ‘ललितपुरको चाहना र आवश्यकता, स्वस्थ र पारदर्शी सहकारिता’ भन्ने नाराको साथ सुरु भएको ‘ललितपुर सहकारी समिट–२०१२’ पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा भएको समिटमा ललितपुर जिल्लाभरिका एक सय ४० जना सहकारीकर्मीको सहभागिता थियो ।
समिटमा जारी घोषणापत्रमा अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् ०१२ भित्र सहकारी संस्थाको सुशासन, नेतृत्व विकास, वित्तीय व्यवस्थापनमा सक्षम र कानूनी रूपमा सुदृढ सहकारी निर्माण गर्न साथै राज्य र सहकारी क्षेत्रमा समेत सकारात्मक सोचको विकास गरी अगाडि बढ्ने रहेको छ । त्यसैगरी पल्र्स अुनगमन प्रणालि लागू गरी वित्तीय कारोबारको नियमित र विशेषत: मासिक रूपमा पूर्ण विश्लेषण गर्दै जोखिमको पहिचान गरी ऋण जोखिम व्यवस्थाका माध्यमबाट लगानी सुरक्षित बनाउने कार्यको थालनी गर्ने रहेको छ ।
कार्यक्रममा सहभागीले घोषणापत्रमा सामूहिक प्रतिबद्धता जनाउँदै पत्रमा हस्ताक्षर गरेका थिए । समिटबाट ललितपुरमा सञ्चालित सहकारी अभियान अझ सशक्त बनाउनमा ठोस योगदान पुग्ने ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले बताए । सदस्यहरूको वित्तीय अनुशासन र नेतृत्व विकासमा सक्षम हुनेमा संघ आशावादी रहेको उनले बताए

प्रतिक्रिया