फेसबुकले हैरानी

काठमाडौं : पूर्वनेपाल सुन्दरी तथा नायिका माल्भिका सुब्बाले आफूलाई फेसबुकले हैरान पारेको बताएकी छन् । उनले आफ्नै फेसबुक स्ट्याटसमार्फत यो जानकारी गराएकी हुन् ।
आफूलाई पुरुष मित्रहरूले विवाहको रातका बारेमा जथाभाबी कमेन्ट गरेर हैरान पार्ने गरेको उनले सार्वजनिक गरेकी छन् । उनी केही दिनअघि मात्रै विवाहबन्धनमा बाँधिएकी हुन् । आफ्नो फेसबुक एकाउन्टमा जथाभाबी मेसेज सेन्ट गर्नेमध्ये एकजनाको कमेन्टसहितको फेसबुक वालसमेत उनले ‘एटेच’ गरेकी छन् । व्यक्तिगत जीवनमै असर पार्ने गरी सहन सक्नेभन्दा बाहिर गएर कमेन्ट गरेकाले आफूले तिनीहरूलाई सार्वजनिक गरेको उनले उल्लेख गरिन् । (सौस)

प्रतिक्रिया