बझाङमा यार्साले दुईको ज्याल लियो

कैलाली, २५ वैशाख । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको भीरबाट लडेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा धमेना–९ का २६ वर्षीय देवगिरी ऐडी र सुर्मा–४ भेराका जयबहादुर बोहरा रहेका छन् ।
दुई साताअघि यार्सा संकलनका लागि जिल्लाको काडाँ गाविसको देल्ला भन्ने ठाउँमा गएका ऐडीको आज भीरबाट लडेर मृत्यु भएको हो भने बोहराको चुपी हिमालबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक सागर बोहराले बताए ।
भीरबाट लडेर गम्भीर घाईते भएका ऐडीको घर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनका आफन्त प्रकाश बोहराले बताएका छन् । बोहराको भने घटनास्थलमै मृत्यु भएको हो ।
गत वर्ष पनि बझाङका विभिन्न स्थानमा यार्सा संकलन गर्न गएका सात जनाको भीरबाट लडेर मृत्यु भएको थियो ।
यो सिजनमा जिल्लाका दुई दर्जन बढी गाविसका बासिन्दाहरु यार्सागुम्बा संकलनका लागि हिमाली भेगमा जाने गर्दछन ।

प्रतिक्रिया