विद्यार्थी र निजी विद्यालयवीच द्वन्द्व

चितवन, २२ वैशाख । चितवनका विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध गर्दै विद्यालय नै तोडफोड गर्न उत्रिएपछि निजी विद्यालयहरुले नया“ विद्यार्थी भर्ना रोक्ने भएका छन् ।

जिल्लाका निजी विद्यालयले मनोमानी ढंगले शुल्क वृद्धि गरेको भन्दै संगठनले विद्यालयका प्रशासनमा ताला लगाउनुका साथै तोडफोड गरेपछि निजी विद्यालयहरुले भर्ना रोक्ने निर्णय गरेका हुन् ।

बिहीबार चारवटा निजी विद्यालयमा शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनका कार्यकर्ताले तोडफोड गरेका थिए । तोडफोडकै अवस्था आएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्यवाब्सनले नया“ विद्यार्थी भर्ना रोक्ने निर्णय गरेको हो ।

निजी विद्यालयका संचालक र विद्यार्थी संगठनबीच अर्को सहमति नभएसम्म नयाँ विद्यार्थी भर्ना एवं तोडफोड नगर्ने सहमति भएको छ । सौर्य

प्रतिक्रिया