लोडसेडिङको विरोधमा प्राधिकरण घेराउ

सुर्खेत, २२ वैशाख । अनियमति लोडसेडिङको विरोधमा स्थानीयवासीहरुले आज नेपाल विधुत प्राधिकरण सुर्खेत शाखा घेराउ गरेका छन् । सूचना विनानै लोडसेडिङको नियमित तालिका भन्दा बढी समय लोडसेडिङ गरेपछि जिल्लाका उद्योगी, व्यापारी तथा आम सर्वसाधारणहरुले झण्डै डेढ घण्टा प्राधिकरण घेराउ गरेका हुन् ।
सूचना विनानै अनियमित रुपमा लोडसेडिङ नगर्न पुनरावेदन अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको दुई साता वित्न नपाउदै प्राधिरणले फेरी विना सूचनानै अनियमित रुपमा लोडसेडिङ गरेपछि स्थानीयले प्राधिकरण घेराउ गरेका थिए । उनीहरुले कार्यालय घेराउ गर्नुअघि आधा घण्टा सडक अवरुद्ध समेत गरेका छन् ।
तत्काल समस्या समाधान नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् । उनीहरुले अनियमित लोडसेडिङले उद्योग तथा व्यापारमा गिरावट आएको भन्दै समस्या समाधानका लागि माग गरेका थिए ।

प्रतिक्रिया