निरास इभा

‘ग्ल्यामर’ को दुनियाँमा रम्ने अमेरिकी अभिनेत्री इभा लोंगोरिया निरास छिन् भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, प्रेमी एडबडरे क्रुजसँग सम्बन्ध- विच्छेद गरेपछि उनी अहिले निराश भएकी छन् । रोमान्सप्रति उनमा निराशा भाव जागेको हो ।
प्रेमीसँग सम्बन्धविच्छेद भएपछि यस्तो लाग्छ- मानौँ उनी ‘प्रेम’ शब्दसँगै घृणा गर्न थालेकी छन् । भन्छिन्, ‘प्रेमबारे मसँग कुनै दर्शन छैन ।’ प्रेमबारे उनी अनुत्तरित रहे पनि रोमान्सबारे भने प्रस्ट  छिन् । ‘जहाँसम्म रोमान्सको सवाल छ, यसप्रति मेरो दृष्टिकोण निराशावादी छ,’ उनले भनिन् ।
३७ बर्षीया इभा र २७ बर्षीया क्रुजबीचको प्रेम एक वर्षभन्दा बढी टिकेको थियो । गत महिना उनीहरूले एकअर्कासँग छुट्टनिे निर्णय गरेका थिए । ‘हार्स टाइम’, ‘द सेन्टिनेल’, ‘ओभर हर डेड बडी’ जस्ता सुपरहिट फिल्ममा अभिनय गर्ने उनी टेलिभिजन सिरियलमा पनि अभिनय गर्ने गर्छिन् ।

प्रतिक्रिया