साफमा नेपाल शीर्षमै

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयता क्रममा नेपाल चार स्थान माथि उक्लँदै १४९औं स्थानमा पुगेको छ । नेपालले दक्षिण एसियाली टोलीमध्ये आफ्नो शीर्षस्थानलाई कायम राखेको छ । दक्षिण एसियाली फुटबल महासंघ -साफ) टोलीमध्ये बंगलादेश १२ स्थान माथि उक्लिएर १५४औं स्थानमा पुगेको छ । सात स्थानले तल झर्दै भारत भने १६५औं स्थानमा छ भने १० स्थान माथि उक्लिएर मालदिभ्स १६४औं स्थानमा पुगेको छ । १० स्थान माथि उक्लँदै अफगानिस्तान १६८आंै स्थानमा छ । पाँच स्थान माथि उक्लिएर श्रीलंका १८१औं र एक स्थान तल झरेको पाकिस्तान १८२औं स्थानमा छ । भुटान भने २०१औं स्थानमा छ ।
गत महिना मात्र सम्पन्न् एएफसी च्यालेन्जकपमा नेपाल र भारत दुवै समूहचरणबाटै बाहिरिएका थिए । विश्व वरीयता क्रममा स्पेन शीर्षस्थानमा यथावत् छ भने जर्मनी दोस्रो र उरुग्वे तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया