फुरुंग अनुष्का

मुम्बई : बलिउड अभिनेता शाहरूख खानसँग दोहोर्‍याएर काम गर्न पाउँदा नायिका अनुष्का शर्मा यति खुसी भएकी छन् कि भुइँमा खुट्टै छैन । यो अवसर पाउनुलाई उनले आफू ‘भाग्यमानी’ भएको बताएकी छन् । उनले यश चोपडाको नयाँ फिल्ममा शाहरूखसँगै काम गर्ने भएकी हुन् । यसअगाडि चोपडाकै रब ने बना दी जोडीमा उनले शाहरूखको जोडीका रूपमा अभिनय गरेकी थिइन् । अनुष्काले यश चोपडा आपैमा एक संस्थाजस्तै रहेकाले आगामी फिल्मबाट धेरै कुरा सिक्न सकिने आशासमेत देखाएकी छन् । ‘मेरो जन्मदिन मे १ पछाडि यसको सुटिङमा समावेश हुनेछु,’ उनले एजेन्सीलाई बताइन् । चोपडाको यो फिल्ममा अनुष्कासँगै क्याटि्रना कैफ पनि रहने एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया