रसिकद्वारा सम्मान अस्वीकार

सिन्धुपाल्चोकः व्यथित सिन्धु प्रतिभा सम्मान कोषले प्रदान गर्न लागेको सिन्धु प्रतिभा सम्मान साहित्यकार डम्बर रसिक भारतीले स्वीकार नगर्ने घोषणा गरेका छन् ।
साहित्यकार केदारमान व्यथितले सिन्धुका स्रष्टाका लागि स्थापना गरेको सम्मान तथा पुरस्कार वितरणमा ‘केही व्यक्ति’ ले हालीमुहाली गरेको भन्दै उनले सम्मान नलिने भएका हुन् ।
कोषले राष्ट्रियस्तरका साहित्यकार भन्दै पुरस्कार भने अरूलाई दिने र सिन्धुका स्रष्टालाई चाहिँ सम्मानको नाममा भुलाउन खोजेको रसिकको आरोप छ ।
कोषले १० वर्षअघिदेखि सो सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको हो ।

प्रतिक्रिया