वाग्लेको कैद सजाय २० प्रतिसत कम

काठमाडौं, २० चैत । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्धामा कैद सजाय भोगी रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जवी वाग्लेको कैद सजाय एवं विगो जरिवानामा २० प्रतिसत घटाई दिएको छ ।

सर्वोच्चका न्यायाधिश रामकुमार प्रसाद शाह र बैद्यनाथ उपाध्यायको संयुक्त इजालसले अदालती दण्ड सजाय ऐन महलको ४१ बमोजिम वाग्लेको कैद सजाय २० प्रतिसत घटाईएको सर्वोच्चले जनाएको छ । सो ऐनको सुविधा महल अनुसार वाग्लेले यो सुविधा पाएका हुन् ।

पदीय आचारण विपरित अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्वमन्त्री वाग्लेले कैद सजाय भोगी रहेका छन् । उनको २ करोड तीन लाख बराबरको सम्पत्ति अबैध रहेको सर्वोच्चको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया