आजको अनिवार्य सर्त

समाजको सामूहिक चेतनाको निर्माण गर्नमा नेतृत्वको महत्त्वपूर्ण भूमिका हुन्छ । उनीहरूले समाजको नैतिक एकताको संकेतका रूपमा काम गर्न सक्छन् । उनीहरूले समाजलाई एकीकृत गर्ने मूल्य र मान्यता सम्प्रेषण गर्न सक्छन् । अझ महत्त्वपूर्ण त के भने उनीहरूले यस्ता विचारको सिर्जना र सम्प्रेषण गर्न सक्छन् र त्यसले मानिसलाई उनीहरूका पूर्वाग्रह र सामाजिक विसंगतिबाट माथि उठाई एउटै यस्तो मूलसूत्रमा बाँध्न सक्छन् जसले सारा जनता उनीहरूको क्षमताको अति उत्तम उद्देश्यका लागि समर्पित हुन सकून् ।’
गार्डनरको भनाइ आज नेपाली नेतृत्वका निम्ति अति समय सान्दर्भिक छ । देश आज भाषा, लिंग, क्षेत्रीयता, जातजातिजस्ता साधारण कुरामा अल्भिmराखेको छ । यही गाँठो समाएर अधिकांश नेताले भोलिको समाजको वास्तै नगरी, भित्रभित्रै द्वन्द्वलाई चर्काउँदै रापतापको कुर्सीमोहमा व्यस्त छन् । यिनीहरू वास्तवमा नेता होइनन् । एउटा नेताले समाजमा बढ्ने वा बढेका द्वन्द्वमा घ्यू थप्ने होइन, उसले ती द्वन्द्वमा फसेका जनतालाई मुक्ति दिने हो । जेर्फसनको शब्दमा भन्ने हो भने जीवन, स्वतन्त्रता र खुसीको खोजमा समर्पित गराउनुपर्छ । त्यसैले आजको चुनौती एउटा चिराचिरा हुन लागेको नेपाली समाजलाई यस्तो एउटा आदर्श र उद्देश्यमा ल्याउन सक्छ, जसले सबैको सुख, शान्ति र स्वतन्त्रताको अभिवृद्धि गराउनेछ ।
आजको युवा नेतृत्वले एउटा यस्तो अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गर्ने इच्छाशक्तिको विकास गर्नुपर्छ, जसले गर्दा बिग्रेको बागमती, गन्हाएको काठमाडांैलाई ठीक ठाउँमा ल्याउने मात्र होइन, सारा विश्व र संसार पर्यावरणीय सन्तुलनलाई पुनस्र्थापित गराउन लागिपरोस् । यसका निम्ति हामी आफूलाई कम आँक्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । हाम्रो देशका नेताले पनि संसारलाई सिर्जनात्मक नेतृत्व दिन सक्छ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । आइन्स्टाइनलाई कुनै विकसित देश वा घमण्डी सेनाले मात्र जन्म दिने होइन, नेपाली आमाले पनि जन्म दिन सक्छिन् । यही विश्वासको उदयमा सुन्दर नेपाली भविष्यको कल्पना गर्न सकिन्छ ।
नेपालका हजारौँ हजार उत्पादनशील जनशक्ति विदेश पलायन भइरहेका छन् । उनीहरू त्यहाँ गएर जस्तोसुकै काम गर्न पनि तयार छन् । तर, विडम्बना देशमा श्रमशक्ति खाली भइरहेको यो अवस्थामा, यो विषय यहाँका शासकवर्गमा छलफलको एजेन्डासमेत बन्न सकेको छैन । नेपालमा बसेर पदीय हैसियत केही नभएकाले राष्ट्रवादी बनेर ती विदेश पलायन भएकालाई गाली गर्न सजिलो हुन्छ । साँच्चै उनीहरूका तर्फबाट मनन गरेर हेर्दा पलायन अनिवार्य आवश्यकता हो । आजको विश्वव्यापीकरणको युगमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्च प्रयोग गर्न चाहन्छन् र त्यो प्रयोग गर्न पाउनु पनि पर्छ । दुर्भाग्यको कुरा न हामीसँग आफ्नै उत्तम विश्वविद्यालयम्ाा नै पढ्ने अवसर छ न त उद्योगधन्दा नै फस्टाउन सकेका छन् । आधारशीला तयार भइसकेको सूचनाप्रविधि केन्द्रसमेत प्रयोगमा आउन सकेको छैन । भएका विश्वविद्यालय पनि प्राज्ञिक र अन्वेषणको केन्द्र हुनाको सट्टा राजनीतिक भर्तीकेन्द्र भएका छन् र खिचातानीको चंगुलमा फँसेका छन् ।
अर्कातिर केही गुणस्तरीय उत्पादन जस्तै डाक्टर, इन्जिनियर धमाधम बिदेसिएका छन् । त्यसैले एकातिर गुणस्तरीय उच्च शैक्षिक संस्थाको निर्माण आजको आवश्यकता हो भने उत्पादित जनशक्तिलाई देशमै प्रयोग गर्ने नीति अर्को आवश्यकता हो । साथै विदेशी विद्यार्थी र विज्ञ नेपाल आई सिक्ने र काम गर्ने अवस्था सिर्जना गर्नु आजको विश्वव्यापीकरण युगमा राष्ट्रले स्वाभिमानीपूर्ण रूपले बाँच्ने एउटै उपाय हो । यहाँ के बिर्सनुहुँदैन भने प|mान्सेली राष्ट्रपति निकोलस सार्कोजीका प्रमुख आर्थिक सल्लाहकारले प|mान्समा आर्थिक वृद्धि तीव्र बनाउन एउटा प्रमुख सर्तका रूपमा दसवटा विश्वकै नामुद विश्वविद्यालय खोल्न लगाएका छन् । यसबाट के पुष्टि गर्छ भने कुनै पनि राष्ट्रको सर्वोपरि विकासका लागि सर्वप्रथम शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ र मुलकलाई आर्थिक समृद्धिको मार्गतिर अगाडि बढाउनुपर्छ ।
अमत्र्यसेन उनको किताब ‘परिचय र हिंसा’मा भन्छन् कि कुनै पनि समाजको विकास र समुन्नतिको प्रमुख आधार शिक्षा नै हो । आज धेरै राजनीतिक दल गरिब र विपन्न वर्गलाई माथि उठाउने नाममा सत्तामा आएका छन् । उनीहरूले बुझ पचाएको कुरा के हो भने राजा फालेर नयाँ संविधान लेखेर वा संघात्मक राज्यसत्ता निर्माण गर्दैमा विपन्न वर्गले लाभ पाउन सक्दैनन् । यी कुराले केवल एउटा शक्तिशाली समूह र क्षेत्रमा सत्ताको हस्तान्तरणबाहेक केही गर्दैन । अमत्र्यसेन भन्छन्- ‘जबसम्म गुणस्तरीय शिक्षा विपन्न वर्गको पहुँचमा पुग्दैन तबसम्म न वास्तविक लोकतन्त्र न मानवअधिकारकै प्रत्याभूति हुन्छ ।’ त्यसैले आजको एउटा प्रमुख चुनौती बन्दै गएको सुरक्षा नगर्ने सुरक्षा खर्चलाई शिक्षातिर रूपान्तरण गर्नुपर्छ । शिक्षा क्षेत्रमा व्यापक लगानी आजको आवश्यकता हो । म फेरि ग्यारेन्टी गर्न चाहन्छु, यदि नेपाललाई साँच्चै स्विट्जरल्यान्ड बनाउने हो भने शिक्षामा गरिएको लगानी र हाम्रो यसप्रतिको
गम्भीरतामा ठूलो छलाङ ल्याउन जरुरी छ ।
आजका तमाम चुनौतीमध्ये पर्यावरणीय समस्या पनि एउटा हो । विकसित देशहरू पर्यावरणप्रतिको असावधानीपूर्ण प्रयोगले गर्दा आज हामी गम्भीर समस्यामा फँसेका छौँ । विश्वव्यापी तापक्रममा वृद्धि, ओजनपत्रको क्षय, वायुमण्डल भूतल र जलाशयहरूको व्यापकरूपमा विनाश र विकृत यसका परिणाम हुन् । यसले जीवहरूको जीवनचक्र अप्ठ्यारामा मात्र पारेको छैन, सारा पृथ्वी र मानिसको भविष्यसमेत अनिश्चिततातर्फ धकेलिएको छ । यो पर्यावरणीय संकटको ठूलो प्रभाव हाम्रोजस्तो मुलुकलाई बढी पर्ने निश्चित छ । किनभने, अति न्यूनतम हुँदाहुँदै पनि हाम्रा हिमाल, पहाड र तराई जीवनवृत्तिका आधार हुन्, यी हाम्रा जीवनपद्धतिमा अति नै आधारित छ ।
तसर्थ, आज युवा व्यक्तित्त्वले आफूसँग रहेको असाधारण राजनीतिक, सामाजिक र आर्थिक अवसरलाई ठीक दिशामा लैजान सक्नुपर्छ । यसका निम्ति विगतका तमाम कमीकमजोरी र गल्तीलाई खुला दिलले आत्मालोचना गर्दै, उच्च क्षमता, कल्पनाशीलता र नेतृत्वदायी गुणलाई अरू परिस्कृत पार्दै लैजानु जरुरी छ । समाजमा रहेका अन्तरविरोधलाई लोकतान्त्रिक विधिबाट निष्कर्षमा पुर्‍याउँदै राष्ट्र र राष्ट्रिय भावनाको विकास गर्नु र छरिएर रहेका स्रोतसाधन र शक्तिलाई एकीकृत गरी विश्व मानचित्रमा सानदार उपस्थिति जनाउनु आजको प्रमुख चुनौती हो । त्यसनिम्ति मुलुकभित्र जनतालाई उनीहरूको शान्तिपूर्ण बाँच्ने र जीविकोपार्जन गर्ने जन्मसिद्ध अधिकारको ग्यारेन्टी हुनुपर्छ । स्वतन्त्रताको प्रत्याभूति तथा अभयपूर्वक बाँच्न पाउने जीवन हकनिम्ति कुनै प्रकारको राजनीतिकीकरण नगर्ने पूर्ण प्रतिबद्धता आजको पहिलो अनिवार्य सर्त हो ।

प्रतिक्रिया