सेनाको गूल्म तत्काल नहटाउन प्रर्दशन

विराटनगर, २७ चैत । मोरङको रंगेलीमा रहेको नेपाली सेनाको अस्थायी  गुल्म तत्काल नहटाउन माग गर्दै स्थनीयवासीले आज सडकमा प्रर्दशन गरेका छन् ।

शान्तिप्रकृया नसक्किदा सम्म सेनाको गुल्म हटाउन नहुने भन्दै स्थानीयवासीले दुई घण्टा आवागमन ठप्प बनाएर रंगेली विराटनगर सडक खण्डमा नारावाजी सहित प्रर्दशन गरेका हुन् ।

संकटकालका वेला स्थापना भएको नेपाली सेनालको अर्जुनबाण गण अन्तर्गको गुल्म हटउने थाहापाए पछी स्थानीय रंगेलीवासी तथा नागरिक समाजका प्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

संकटकालको समयमा इलाका प्रहरी कार्यलय रंगेली विस्थापित भएपछी नेपाली सेनाको गुल्म स्थानीय गाविसभवनमा वस्दै आएको थियो ।

प्रतिक्रिया