डोमाको चाहना

काठमाडौं, नेपाली ग्ल्यामर क्षेत्रमा नवप्रवेशीहरू आउने क्रम प्रतिदीन बढ्दो छ । यही भीडमा पर्छिन् डोमा तामाङ पनि । धादिङकी डोमा अभिनयमा करिअर खोजिरहेकी छन् ।
स्टेज प्रोगाम हुँदै अभिनयक्षेत्रमा प्रवेश गरेकी डोमाले तामाङ भाषाको ‘कच्र्योल पोङ’ मा नायिकाको रूपमा अभिनय गरेकी छन् । भन्छिन्, ‘दर्जनौ स्टेज कार्यक्रममा प्रतिभा देखाइसके । जब चलचित्रमा अभिनय गरे, कलाकारिताप्रतिको मोह झनै बढ्यो, चलचित्र क्षेत्रले तान्यो ।’ उनले दर्जन हाराहारीका म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । उनको लक्ष्यचाहि नायिका बन्नु हो । भन्छिन्, ‘अहिले आएर यस क्षेत्रप्रति आकर्षण बढे पनि नायिका बनू भन्नेचाहि बच्चैदेखि थियो । त्यसैले अभिनयमा करिअर खोजिरहेकी छु ।’ मोडलिङभन्दा अभिनयमा आङ्खनो कला देखाउने मार्ग प्रशस्त रहेको उनले ठम्याएकी छन् । ‘मोडलिङ त गरिरहेकै छु तर चलचित्रमा भनेजस्तो काम गर्न पाएकी छैन,’ उनले भनिन्, ‘अवसर पाए जस्तो भूमिका पनि गर्न तयार छु ।’
नायिकाहरूबीच ग्ल्यामरस प्रस्तुतिको होडबाजी चलेको छ । डोल्मा पनि त्यसका लागि मानसिक रूपले तयार भइसकेकी छन् । ‘ग्ल्यामर त समयको माग हो, गर्नुपर्छ नै’, उनी खुलिन्, ‘कथा र विषयवस्तुले मागेजति दिन तयार छु ।’ (सौस)

प्रतिक्रिया