उड्सको रिस किट्समा खनियो

अगस्टा : करिब तीन वर्षअघि दुर्घघटनासँगै यौनकाण्डमा फसेपछि टाइगर उड्सबारे ‘वास्तवमा उनी को हुन् त ?’ भन्ने प्रश्न हुने गरेको छ ।
यसको पूर्ण उत्तर नआए पनि केही भने शुक्रबार मिलेको छ, अमेरिकामा जारी मास्टर्स गोल्फमा । एक सट विफल भएपछि उनले क्लबलाई लात्ताले हाने । यसबाट एउटा निष्कर्ष निकालिएको छ, उनी गल्फप्रति सन्तुष्ट छैनन् । ‘यदि बिल्ली पाइनले हारेका थिए भने निकै रिसाउने थिए । गत वर्ष मात्र मास्टर गोल्फका यी अध्यक्षले उड्सको आलोचना गरेका थिए’ एसोसिएट प्रेस -एपी) मा प्रकाशित कोलममा लेखिएको छ ।
विश्वकै प्रसिद्धमध्येको एक अगस्टा नेसनल कोर्समा ३६ वषर्य उड्सले किशोर खेलाडीको जस्तो व्यवहार देखाएका थिए । हरेक विफल सटमा उनले गाली गरे र सबैले देख्ने गरी आफैसँग झांक्किए । त्यति मात्र कहाँ हो र, १६आं टी-बक्समा सट विफल भएपछि उनले करिब १५ यार्डस टाढा ९ आइरन क्लब फ्याँकेका थिए ।
उनले गर्न बाँकी रहेको एउटा मात्र काम भनेको क्याडिए जोए ला काभाबाट ब्याग नखोस्नु रहयो । ‘मलाई लाग्छ उड्सले आफ्नो खेल गुमाएको छ र सँगसँगै दिमाग पनि ।’ स्थानीय टेलिभिजनमा कमेन्ट्री गर्ने क्रममा निक फाल्दाले भने ।
यौन प्रकरणपछि खेल जीवनको धराशायी स्थितिमा पुगेका उड्सले खेलमा फर्केपछि त्यसलाई अत्यन्तै सम्मान गर्ने बताएका थिए तर उनले यस्तो कोर्समा नराम्रो व्यवहार देखाएका छन् जहाँ विश्व्ाकै उत्कृष्ट खेलाडीहरूको जम्काभेट हुने गर्छ । क्लब फ्याँकेपछि उड्सलाई सोधिएको थियो, तपाईंलाई कस्तो लाग्यो ? उनले भनेका थिए, ‘मैले भोको महसुस गरें ।’
क्लबको सम्मान गर्न महिला खेलाडीलाई बाहिर पठाए जसरी पाइनले पनि उड्सलाई बाहिर जाने ढोका देखाइदिनुपर्ने समय आएको छ किनभने चारपटकको विजेतालाई नीलो ज्याकेट काँधमा भिरेर हिंडेपछि कोर्समा के गर्नुपर्छ त्यो राम्ररी थाहा हुनुपर्ने हो ।
३आं होलमा पनि सोचेजस्तो नभएपछि उड्सले गोल्फ-टी भुइँमा फ्याँके । १५औ होलमा बल होलभन्दा टाढा गएपछि उड्सले ४ आइरन क्लब भाँचुलाझैं गरी हेरेका थिए । १६आं होलमा पुरानै घटना दोहोरिएपछि ‘इरिटेट’ हँदै उड्सले ९ आइरन क्लबलाई अगाडि फ्याँक्दै सक्दो प्रहार गरेका थिए । करिब ३० महिनाअघि दुर्घटनामा परेपछि उड्सको जीवनका नराम्रा प्रायः पाटाहरू बाहिर छरपस्ट भएका थिए ।

प्रतिक्रिया