‘कर्मचारीतन्त्रभित्रको फोहर पनि सफा गरिन्छ’

गत साता प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वयंले कुचो लगाएर सरसफाइ अभियान सुरुआत गरे । धेरैले यसलाई सस्तो लोकप्रियता कमाउने नाटकको संज्ञा पनि दिए भने कतिले त यसलाई मुस्ताङ गाडी चढेर लोकप्रिय हुन खोजेजस्तै कुचो लगाएर पनि चर्चा कमाउने भनी ब्याख्या गरे । सरकारले गत माघमा ल्याएको सुशासन र आर्थिक समृद्धिको कार्ययोजनाकै एक अंशका रूपमा यसलाई ल्याएको थियो । यसै सेरोफेरोमा प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्यालसग रामहरि पाण्डेको कुराकानीः
एकहप्ते सरसफाइ अभियान सुरु गरेर तपाईंहरू निकै चर्चामा
आउनुभयो नि ?
हामीले चर्चामा आउन सरसफाइ कार्यक्रम गरेका होइनौ । सरकारले गत माघमै सुशासन र आर्थिक समृद्धिको कार्ययोजना ल्याएको थियो । कार्ययोजनाको एउटा बुदामा १० लाख स्वयंसेवक परिचालन गर्ने भन्ने थियो । त्यही बुदा कार्यान्वयन गरेका हौ । हामी दुई महिनादेखि १० हजार स्वयंसेवकको सहभागितामा के गर्न सकिन्छ, त्यसलाई कसरी दिगो र सुनिश्चित गर्न सकिन्छ भन्ने छलफलमा जुटेका थियौ । र, निष्कर्षमा यो वर्ष दुई मुख्य कार्यक्रम सञ्चालन गर्ने तय भयो । एउटा ‘सरसफाइ अभियान’ र अर्को ‘एक गाउ, एक पोखरी निर्माण’ गर्ने, जसअनुसार पहिलो चरणको सरसफाइ हामीभित्रैबाट सुरु गरौ भनेर सिंहदरबारबाट सुरु गरेका हौ । अरूलाई गर भन्नुभन्दा आफैबाट काम सुरु गर्दा राम्रो सन्देश जाने भएकाले सिहंदरबारबाटै सरसफाइ अभियान सुरु भएको हो ।
सरसफाइ अभियान केही दिनका लागि मात्र त होला नि, होइन ?
त्यस्तो हुदैन । सिंहदरबारबाट सुरु भएको यो अभियान ललितपुर, भक्तपुर हुदै देशभर हुन्छ । लाखौ मानिसले जथाभाबी फोहोर गर्ने, अनि सरकारी कर्मचारी, सेना, प्रहरी, स्वयंसेवी आएर सफा गरिदिन्छन् भन्ने धारणा राख्नु गलत हुन्छ । हामीले आफैले मुलुक निर्माण गर्ने हो । अरू कसैले आएर बनाइदिदैन । यही नारालाई स्थापित गर्न पनि यो अभियान सुरु गरिएको हो । जथाभाबी फोहोर गर्ने संस्कार त्याग्नु पर्छ । आफैले फोहोर व्यवस्थापन ग‘कर्मचारीतन्त्रभित्रको फोहर पनि सफा गरिन्छ’यौ भने हाम्रै घर, छरछिमेक सफा हुने हो । आफूले गरेको फोहोर आफै सफा गर्न सक्छौ र यो आफैबाट थालनी गर्नुपर्छ भन्ने सन्देश दिन अभियान सुरु गरेका हौ । तसर्थ एक हप्ता गरेर सधैका लागि पुग्ने होइन, सधै सफा गर्नुपर्छ । त्यो हामी आफैले गर्ने हो । आङ्खनै वरिपरि सरसफाइ गर्न अरूको मुख ताकेर बस्ने चलन त्याग्नुपर्छ । हामी सबैमा यही संस्कार स्थापित गर्न सक्यौ भने यो अभियान निरन्तर रहिरहन्छ । श्रम गर्ने र श्रमको सम्मान गर्ने संस्कृति बसाल्नु पनि हाम्रो दायित्व हो । मुलुकबाहिर गएर जे गर्न पनि हुने तर आङ्खनै देशमा केही पनि गर्न नहुने भन्ने होइन ।
अहिले प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव, सेना, प्रहरी, कर्मचारी सबैले हातमा कुचो समातेर सरसफाइ अभियानमा निस्केका देखिन्छन्, यसलाई कतिले त नाटकको संज्ञा पनि दिएका छन्, तपाईं यसलाई के भन्नु हुन्छ ?
म त्यस्तो भन्दिन, अरूको कुरा काट्न मानिस जे पनि भन्छन् । विशुद्धरूपमा स्वच्छ र सबल राष्ट्र निर्माण गर्न अभियानमा सहभागी बनौ भनेर लागेका हौ । र, अरूलाई पनि यो अभियानमा सहभागी बनौ भन्ने हो । राज्यका विभिन्न जिम्मेवार निकायमा बसेका पनि यो अभियानमा सहभागी हुन सक्छन् र अरूलाई पनि सहभागी हुन प्रेरित गराउन पनि राज्यका सबै निकायका कर्मचारी परिचालन गरिएको हो । फेरि हामीले नाटक किन देखाउनु परेको छ र ? हामीलाई कुनै नाटक गरेर लोकप्रिय हुन जरुरी छैन । सेवा भावले यो अभियान अगाडी बढाएका मात्र हौ । मुलुकलाई स्वच्छ र समृद्ध बनाउन केही गरौ र त्यो कार्य आफैबाट सुरु गरौ भन्ने हो । यसमा राजनीतिक नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको छ र हामीलाई गाइड गरिरहनु भएको छ । त्यसलाई हामीले ‘इन्करेजिङ पार्ट’का रूपमा लिएका छौ ।
आज सफा गरेको स्थानमा भोलि फेरि उस्तै फोहर भइहाल्छ नि ?
हामीले सफा गरेको स्थानमा केही दिन मानिस खटाएर त्यसको अनुगमन गर्छौं र त्यसलाई निरन्तरता पनि दिन्छौ । फेरि जथाभाबी फोहोर गर्नेलाई निरुत्साहित गर्ने कार्यक्रम पनि छन् । त्यसले पनि मद्दत पुर्‍याउने विश्वास लिएका छौ ।
यसका लागि ठूलो बजेट पनि चाहिन्छ होला नि ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै पाटोबाट हेर्दा हामीले बजेटबारे केही सोचेका छैनौ । यो सबै स्वयंसेवकको हिसाबले अघि सारिएको अभियान हो । बाहिर पनि त्यसरी नै गर्ने हो । तर, कुचो, मास्क, गाडीमा राख्ने इन्धनलगायत केही आवश्यक सामानको व्यवस्था काठमाडौं महानगरपालिकाले सरसफाइ कार्यक्रमकै बजेटबाट गर्ला भन्ने हाम्रो बुझाइ वा अपेक्षा हो । यो मात्र नभएर पोखरी खन्ने स्वयंसेवक अभियान छ, त्यसका लागि त बजेट अवश्य नै चाहिन्छ । त्यसमा प्रशस्तै साधनस्रोतको जरुरत पर्छ । त्यसबारेमा आगामी आर्थिक वर्षको बजेटमा छुट्याइएको विकास निर्माण खर्चबाट काम हुन्छ । तर, यो अभियानमा पनि बढीभन्दा बढी स्वयंसेवक नै प्रयोग गर्छौं । प्राविधिक शिक्षामा लागेका विद्यार्थीलाई इन्टर्नसिपका रूपमा काम लगाउने अभियानमा छौ । ठूलो–सानो, धनी–गरिब नभनी सबैलाई समान रूपमा यो अभियानमा सहभागी हुन प्रेरित गर्दै सामाजिक एकता कायम गर्नमा सहयोग पुर्‍याऔ भन्ने उद्देश्य पनि हो ।
शान्तिप्रक्रिया र संविधान निर्माणको काम छाडेर अन्तै लाग्यो भन्नेहरू पनि छन् ?
यो शान्ति र संविधान निर्माणमा अवरोध गर्ने काम होइन । यो काम नगर्ने मान्छेले भन्ने गरेको गफ मात्र हो । आङ्खनो टोल सफा गर्दैमा शान्ति र संविधान निर्माणमा बाधा अवरोध पुर्‍याउदैन । नेपालमा यति धेरै कर्मचारी छन्, सबैले दुई घन्टा आङ्खनो टोलछिमेक सफा गर्दा कहाबाट शान्ति र संविधान बिग्रन्छ ? फेरि राजनीतिक दलका कुरा मैले गर्ने होइन । यो उनीहरूलाई नै सोध्दा राम्रो हुन्छ । सरकारको सम्पूर्ण संयन्त्रले आङ्खनो मुख्य क्रियाकलाप छाडेर यसमा लागेको भए भन्न सुहाउछ ।
शान्ति र संविधान निर्माणमा लागेका प्रधानमन्त्री दम्पतीलाई पनि तपाईंहरूले सडकमा ल्याएर झाडु लगाउन लाउनुभयो भन्छन् ?
हामीले त्यस्तो गलत काम गरेजस्तो लाग्दैन । चौबिसै घन्टा शान्ति र संविधान भनेर कोही बसेको छ जस्तो लाग्दैन । र, शान्ति र संविधानको नारा जपेर केही हुने पनि होइन । फेरि शान्ति र संविधानका लागि आवश्यक संयन्त्र परिचालित भइरहेका छन् । ती संयन्त्रले आङ्खनो काम गरिरहेको छ ।
पछिल्लो समयमा जति पनि अभियान सुरु भएका छन्, ती सबै सिंहदरबारबाटै भएको छ, अब पोखरी खन्ने अभियान पनि सिंहदरबारबाटै त होला नि होइन ?
होइन, यो अभियान गाउबाट हुन्छ ।
बाहिरको फोहोर सफा गर्ने काम भइरहेको छ तर कर्मचारीतन्त्रमा रहेको फोहोर र विकृति सरसफाइ गर्नचाहि कहिले लाग्नु हुन्छ ?
हो, कर्मचारीतन्त्रभित्र धेरै फोहोर र विकृति छन् । हामी त्यो फोहोर सफा गर्ने अभियानमा पनि लागिरहेका छौ । कर्मचारीतन्त्रभित्र भएको फोहोर सफा गर्ने अभियानमा अहिलेदेखि होइन धेरै पहिलेदेखि म सक्रिय भएर लागिरहेको छु ।
तर, तपाईं एक्लै मात्र लाग्नु भएजस्तो देखिन्छ ?
होइन, धेरै साथी लागेका छन्, गलत कुरा निकै चाडो बाहिर आउछन् । फेरि हामी नकारात्मकमुखी छौ, नकारात्मक कुरा भयो भने चाडै बाहिर ल्याउछौ तर राम्रो कुरा ल्याउदैनौ । राम्रो कुरा बाहिर ल्यायो भने प्रचारमुखी गर्‍यो भन्छौ । तसर्थ, राम्रा कुरा र काम पनि भएका छन्, नराम्रो मात्र भएको भए समाज यसरी जोगिने नै थिएन नि ।

प्रतिक्रिया