“माक्र्सले नदेखेको जमानालाई माक्र्सवादी दृष्टिकोणबाट हेर्नुपर्छ”

के लेख्दै हुनुहुन्छ ?
हिजोआज पढ्नमा व्यस्त छु । गत २०–३० वर्षयता नेपालको परिवार र समुदायमा के परिवर्तन आयो ? यस विषयमा अरूहरूले के लेखेका छन् ? अन्य देशमा कस्ता प्रकारका परिर्वतन भए ? यही विषय अध्ययन गर्दै छु । त्यो पढिसकेपछि मेरो दिमागमा पनि उज्यालो छरिएला भन्ने लागेको छ ।
चैतन्य मिश्रको ‘पढ्ने काम’ अझै सकिएको छैन ?
आजकालको समाजमा धेरै मान्छेको पढ्ने काम सकिदैन । पहिले पण्डितहरूले मात्रै पढ्थे । हिजो पढाइको काम एउटा जात र वर्गका लागि मात्रै थियो । तर, अहिलेको समाजमा धेरै मान्छेको काम जीवनपर्यन्त हुन्छ । त्यसमाथि म त पढ्ने र पढाउने काममै संग्लन छु । नमरुन्जेल यो काम जारी रहन्छ ।
तपाईंहरूजस्तो शास्त्रीय ज्ञान भएकाहरूले अत्यन्त कम लेखेको गुनासो छ । अल्छी लागेर या विषय नपाएर नलेख्नु भएको ?
कतिले कम लेख्छ भन्छन्, त्यो चाहि सत्य कुरा हो । तर, मलाई त्यस्तो लाग्दैन कि ‘म अत्यन्त कम लेखिरहेको छु ।’ फेरि ‘ज्यादै लेखिरहेको छु’ पनि भन्दिन । लेख्नचाहि लेखिरहेको छु । मेरो लेखन छरिएर पनि हो । मैले अंग्रेजीमा लेखेका पुस्तक नेपालीका पाठकले नपढ्नुभएको हुन सक्छ । नेपालीमा लेखेका पुस्तक फेरि अंग्रेजीका पाठकले नपढेको हुन सक्छ । विकाससम्बन्धीका पाठकले राजनीतिको पाटो हेर्नुहुन्न, राजनीतिका पाठकले विकाससम्बन्धीको पाटो । धेरै पाटामा छरिएको छु भन्ने लाग्छ ।
तपाईंजस्ता चिन्तकको ज्ञान विश्वविद्यालयको कक्षाकोठा र होटलका गोष्ठीमा मात्रै सीमित भइरहेको छ नि ?
पत्रकारले भन्ने कुरा ठ्याक्कै यही हो । मेरो कामै पढाउने हो । कक्षाकोठामा केन्द्रित हुनु अति आवश्यक छ । यो मेरो धर्म पनि हो । रह्यो, सेमिनार र गोष्ठीको कुरा । बौद्धिकहरूले तर्क गर्ने सेमिनार र गोष्ठीमै हो । तर, त्यतिमा मात्रै सीमित हुनुहुन्न भन्ने नै हो । त्यही भएर कहिलेकाही पत्रपत्रिकामा लेख्छु । साथीहरूले धेरै माया गरेर अलि बढी नै लेखिदिए हुन्थ्यो भन्नुहुन्छ । तर, म कक्षाकोठा र गोष्ठी दुवै छाड्न सक्दिन ।
‘चैतन्य मिश्र’ लाई लेखक मात्रै भन्दा ठीक होला कि माक्र्सवादी लेखक भन्दा ठीक ?
म माक्र्सवादी त हु“ । तर, लेखक मात्रै भन्दा केही फरक पर्दैन । वास्तवमा फराकिलो चिनारी ठीक होला जस्तो लाग्छ । फेरि म पारम्परिक माक्र्सवादी भने होइन । माक्र्स इतिहासको एउटा कालखण्डमा एउटा भूगोलमा जन्मे । उनले त्यो बेलाको अर्थतन्त्र, समाजलाई राम्रो विश्लेषण गरे, त्यो हदसम्म कसैले विश्लेषण गरेका थिए, त्यसैले माक्र्सबाट हामीले धेरै कुरा सिक्न सक्छौ । तर, माक्र्स अहिलेका मान्छे त होइनन् । माक्र्सभन्दा पछाडि धेरै समय अघि बढिसक्यो । कतिपय हिसाबले अर्थतन्त्र र राजनीति माक्र्सले देखेको भन्दा भिन्नै पनि भइसक्यो । हामीले माक्र्सवादी दृष्टिकोणबाट नया“ जमानालाई हेर्नु आवश्यक छ, जुन माक्र्सले देखेका थिएनन् । हामी केही हदमा माक्र्सभन्दा फरकै भयौ भने पनि त्यसलाई ‘अक्षम’ नै मान्नु हुन्न भन्ने लाग्छ । माक्र्सवादबाट समाजलाई हेर्ने दृष्टिकोण सिक्ने हो तर समाज त बदलि“दैछ । त्यो परिवर्तित समाजलाई नया किसिमले बुझ्नु पर्छ ।
पुजीवादीहरूको सबैभन्दा ठूलो केन्द्र अमेरिकामा पिएचडी गर्न जानुभयो तर माक्र्सवादी चिन्तक  लेखक बनेर फर्किनुभयो, माक्र्सवादको उज्यालोसम्म कसरी आइपुग्नुभयो ?
मैले अमेरिकामा बस्दा सामाजिक असमानताबारे सिके । मैले त्यही विषयमा लेखे । मेरो पिएचडी पनि अमेरिकाको गोरा र कालाहरू बीचको असमानताका बारेमा थियो । तर, म अमेरिकाबाट फर्किंदासम्म माक्र्सवादी भइसकेको थिइन । यहा फर्किसकेपछि नेपालको इतिहास आद्योपान्त पढे, माक्र्सवाद पढे । त्यसपछि मात्रै माक्र्सवादी भएको हु ।
विद्यालय, विश्वविद्यालयको पाठ्क्रमदेखि बजारसम्म गैरमाक्र्सवादी लेखकहरूको बढी पहुच छ, माक्र्सवादी लेखक हुनु त घाटाको विषय होइन र ?
माक्र्सवादी दृष्टिकोण बोक्दा घाटा हुन्छ जस्तो मलाई लाग्दैन । किनभने, गम्भीर लेखकले माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण केही न केही अंशमा बोकेकै हुन्छ भन्ने ठान्छु म । फेरि हामी त विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्रमा उल्लेख्य हिसाबले माक्र्सवादी दृष्टिकोणबाट पढाउछौ । तर, माक्र्सवादीभन्दा अरू भिन्न–भिन्न धेरै दृष्टिकोण छन् । विश्वविद्यालय भनेको यी दृष्टिकोणको भिन्नताबारे पढाउने थलो नै हो । संसारलाई बुझ्ने भिन्न–भिन्न दृष्टिकोणका बारेमा पढाउछौ ।
 तपाईंका लागि लेखन कष्टसाध्य काम हो कि होइन ?
केही हदसम्म हो, केही हदसम्म होइन । लेखुन्जेल कष्ट हुन्छ, फेरि लेखिसकेपछि बेग्लै आनन्द हुन्छ ।
लेखनको पूर्वतयारी कसरी गर्नुहुन्छ ? लेख्नुअघि त्यसले पार्ने प्रभावका बारेमा पूर्वानुमान गर्नुहुन्छ कि गर्नुहुन्न ?
लेख्नुअघि लेख्नका लागि ‘आउट लाइन’ तयार गर्छु । त्यसले विचारलाई समात्ने बाटो तय गर्छ । तर, ‘आउट लाइन’ अकाट्य भने हु“दैन । लेख्दालेख्दै परिर्वतन पनि हुन्छ । म पूर्वानुमानलाई धेरै स्थान दिन्न ।
‘फिक्सन’ लेखनमा चाहि रुचि र योजना छैन ?
‘फिक्सन’ लेख्ने कुनै योजना छैन ।
नेपाली बजारमा आउने पुस्तक पढ्दा तपाईंलाई नेपाली लेखकले आवश्यकता र विवेकले भन्दा बढी रहर र उत्तेजनाले लेखिरहेका छन् जस्तो लाग्दैन ?
केही लेखकले रहरले लेखिरहेका छन् भन्ने त लाग्छ । तर, रहर नगरी परिपक्व लेखक पनि बन्न सक्दैन । लेखक सुरुमै बनिबनाउ हुदैन । विलक्षण प्रतिभा भएका केही लेखकले सुरुमै राम्रो लेख्छन् । तर, अधिकांशले लेखनको शृंखला पार गर्नुपर्छ । यस कारणले रहरले लेख्नु नराम्रो कुरा होइन ।
नेपालका लेखक साहित्यकारले हिमाल र नदीहरूको बारेमा धेरै लेखेको पाइन्छ तर आफ्नै समाजलाई राम्ररी बुझेर, छामेर कति लेख्न सक्यो ?
हिमाल नदी हामीकहा“ कवितामा धेरै हाबी भयो भन्ने लाग्छ । राष्ट्रियता अलि अन्धराष्ट्रवादसग गासिएका हुन् कि जस्तो पनि लाग्छ । वरिपरिका भौतिक चिजले असर पार्नु स्वाभाविक पनि हो । तर, नेपाली समाजलाई राम्ररी बुझेर समाजका बारेमा चाहि कम लेखिएको सत्य हो । हाम्रो समाज लामो समयसम्म स्थिर रह्यो, कुनै पनि चिज स्थिर रह्यो भने त्यसमा कसैको आखा जादैन । चलायमान चिजमा आखा जान्छ । अहिले हाम्रो समाज चलायमान भएको छ । सबैको आखा जादैछ । समाज बुझ्न धेरै मान्छे लालायित छन् ।
अहिले समाज रूपान्तरणको प्रक्रिया तीव्रगतिमा चलिरहेको छ, समाज रूपान्तरणको प्रक्रियामा तपाईंजस्ता लेखकले बौद्धिक हस्तक्षेप गर्न सकेको छैन भन्ने तपाईंलाई लाग्दैन ?
मलाई पनि त्यस्तो लाग्छ । फेरि यो कुरा पनि बिर्सनु हुदैन कि अहिले राजनीति छ । राजनीतिक आन्दोलनबाट सत्ता स्थापना भएको छ । अझै पनि राजनीतिज्ञहरू हाबी छन् । जुन मैले ‘नेगेटिभ्ली’ भनिरहेको छैन । यद्यपि, अहिले राजनीतिज्ञहरू अकमण्र्य पनि हुदैछन् । राजनीति हाबी भएका बेला लेखन कर्म सुस्त देखिन्छ । यति बेला राजनीतिज्ञहरूले के–के नै गर्छ भनिरहेका छौ हामीले । आङ्खनो भूमिकालाई कम आकिरहेका छौ ।
तपाईंले लेख्नैपर्ने विषय, नलेखी नहुने विषय कति छन् ?
धेरै बाकी छन् । नेपाली समाज कसरी परिवर्तन हुदैछ ? लेखनमा मेरो मुख्य विषय यही हो । आगमी १०–२० वर्षमा नेपालीहरू के हुन सक्छन् भन्ने विषयमा पनि लेख्नु छ मैले । नेताले हामीलाई एउटा विहङ्गम सपना देखाउन छाडे । एउटा ‘लार्जर भिजन’मा हामीलाई गास्न नारेर हि“डाउन छाडे । त्यसबारेमा लेख्नु छ । नेताले विहङ्गम सपना देखाउन नसकेर अहिले नेपालीहरू बाडिएका र भा“डिएका जस्ता देखिन्छन् । जातजाति, क्षेत्र आदिमा बा“डिएका छन् । बा“डिएका त छौ तर हामी एकत्रित पनि हुन सक्छौ । यसबारेमा पनि लेख्नु छ ।
तपाईंले लेखेर कसलाई के फाइदा भयो, तपाईंको निष्कर्ष ?
पहिलो आमपाठकको हिसाबले समाजको केही पाटोबारे जानकारी दिन विश्लेषण दिन र विचार दिन सक्षम भएको छु भन्ने लाग्छ । दोस्रो, मेरो विद्यार्थी साथीभाइलाई फाइदा भएको छ । यसकारण समाजका लागि उपयोगी भएको छु भन्ने लाग्छ मलाई ।
प्रस्तुतिः राजेश राई

प्रतिक्रिया