सिंहदरबारभित्र क्यान्टिन गफ सरुवादेखि सेक्ससम्म

काठमाडौं, २४ चैत । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार । राष्ट्रसेवक कर्मचारी सिंहदरबारभित्र रहेका सरकारी कार्यालयमा बसेर देश हाक्छन् भने बाहिर खाजा खाने क्यान्टिनमा आएर गफ हाक्छन् ।
१० रुपियाको चियामा तुफान सिर्जना गरिन्छ, सिंहदरबारका क्यान्टिनहरूमा । चिया–खाजा खादै कर्मचारीले राजनीतिक तथा गैरराजनीतिक विषयमा गर्ने अनौपचारिक गफ सुन्नलायक हुदारहेछन् । प्रधानमन्त्रीदेखि पियनसम्मका प्रसंगमा गफिनेहरूले क्यान्टिन जुरुक्कै उचाल्छन् ।
‘प्रधानमन्त्री कहिले (पदबाट) खुस्किन्छन् ? कुन मन्त्रालयमा सचिवले रजाइ“ गरेका छन् ? कुन पार्टीका नेताको पावर कति छ ? कुन मन्त्रालयमा सामान्य कर्मचारीले फाइल घुमाउछन् ?’ अनेकन विषयमा चर्चा हुन्छ, सिंहदरबारको क्यान्टिनमा । नेताले देश बनाउन सकेनन् भन्दै कतिपय कर्मचारी चिया पिएर घन्टौ बिताउछन् र निष्कर्ष निकाल्छन्, ‘नेपाललाई गणतन्त्र घाडो भो ।’
बुधबार सिंहदरबारभित्र छिर्दा विभिन्न मन्त्रालयको क्यान्टिनमा गफाडी कर्मचारी टेबल ठटाइ–ठटाई गफिइरहेका भेटिए । श्रम मन्त्रालयको क्यान्टिनमा एक शाखा अधिकृतले खबर ल्याए, ‘यो देशमा दुई प्रधानमन्त्री छन् ।’ उनी भन्दै थिए, ‘औपचारिक प्रधानमन्त्री बाबुराम भट्टराई भए पनि खास प्रधानमन्त्री उनकी पत्नी हिसिला यमी हुन् ।’ कुरो सुनेर अरू गलल्ल हासे ।
अर्का कर्मचारीले चियाको सुर्को लिदै थपे, ‘हो, हिसिलाको आदेशविना बाबुरामको दाल गल्दैन । बिचरा मान्छे त असलै हुन्, तर खराबै–खराब सहयोगी, भ्रष्ट मन्त्रीहरू र लोभी–पापीहरूको घेरामा परे ।’
श्रमकै क्यान्टिनमा तीनजना एउटै टेबलमा बसेर चिया पिइरहेका थिए । उनीहरूबीच कुन हाकिमले कति रक्सी खान्छ र कसले रक्सी खादैन भन्ने विषयमा गफ चलिरहेको रहेछ । गफकै सुरमा करिब ४० वर्षका देखिने एक कर्मचारीले रोमाञ्चित हुदै सुनाए, ‘अस्ति बडो रिल्याक्स गरियो, सुन्धारा गेस्टहाउसमा मजाले ‘ट्याक–ट्याक’ पारियो ।’
अलिकति दूरीमा चुरोट पिइरहेकी थिइन्, एक महिला कर्मचारी । उनी पुरुष कर्मचारीसित साउतीको शैलीमा गफ गरिरहेकी थिइन् । अलिक कान थापेर सुनियो उनको संवाद । भनिरहेकी थिइन्, ‘उनको बूढीले चित्त नबुझाएर होला, दुई महिनादेखि मलाई च्यापिरहेका छन् ।’ उनको भनाइ विस्तृत सुन्नतिर नलागी हामी हिड्यौ सामान्य प्रशासन मन्त्रालयको क्यान्टिनमा ।
सामान्यको क्यान्टिनमा पनि उस्तै थियो माहोल । एक अधिकृत जिल्लातिरबाट आएको फोनमा भन्दै थिए, ‘तपाईंको सरुवापत्र मैले रेडी पारेको छु, सरहरूले पहिलेको पत्र कता लुकाउनुभएछ । एक÷दुई दिनमा पत्र पाउनुहुन्छ, ढुक्क हुनुस् ।’
सोही क्यान्टिनमा बुधबार साझ दारु खाने प्लान बन्दै थियो । ‘तपाईंसग कति छ ? एक कर्मचारीले सोधेपछि अर्काले आफूसग १० हजार भएको सुनाए । ‘त्यति भए मजाले पुग्छ, आज रिल्याक्स गर्नुपर्छ,’ अघिल्लाले आश्वस्त पारे ।
सामान्यको क्यान्टिनमा सरुवा–बढुवाको गफ चर्कै हुदै थियो । एक कर्मचारीको सरुवाका लागि सामान्यमा तालमेल मिलाउदा नसकेर निराश भएकाहरू भेटिए । ‘हैरान बनाए, कोही चिनजानको नहुदा कामै भएन,’ एक उपसचिवसग आएका उनीहरू भन्दै थिए । सामान्य मन्त्रालयको क्यान्टिन सानो भएकाले नजिकै रहेको पीपलबोटको छहारीमा बसेर चुरोट र चिया पिइरहेका भेटिन्छन् कर्मचारी । उनीहरूको गफ सुन्दा पनि सरुवाकै प्रसंग थियो । त्यसमा रुचि नलिई लागियो ऊर्जा मन्त्रालयको क्यान्टिनमा ।
ऊर्जा मन्त्रालयको क्यान्टिनमा हामी दुई सहकर्मी ६० रुपियाको खाना खादै गफ गर्ने र सुन्ने काम गर्‍यौ । मुख्यसचिव माधव घिमिरेका पिए टुक्ची शेर्पा पनि त्यही खाना खाइरहेका थिए । शेर्पाले सो क्यान्टिन नया“ भएकाले सरसफाइ राम्रो र खाना पनि सस्तो भएको हामीसित बताए । त्यहीबेला क्यान्टिनमा पसेका तीनजना महिला प्रहरीले राति सुत्न नपाएको र घर जान नपाएको गुनासो गरिरहेका थिए ।
अर्को मन्त्रालयबाट ऊर्जाको क्यान्टिनमा खाजा खान आएका एक कर्मचारीले ‘प्रधानमन्त्रीको कार्यकाल अब लामो नहुने’ निष्कर्ष सुनाइदिए । ‘मधेसी दलका कमाउवाला मन्त्रीहरूको के भर छ
र ?’ उनले भने, ‘कुनै पनि बेला सरकार ढल्न सक्छ ।’ कुनै राजनीतिक पण्डितले जस्तै गफ छाटिरहेका उनलाई वरिपरिका अन्य व्यक्तिले पनि चाख दिएर सुनिरहेका थिए । ऊर्जाकै क्यान्टिनमा भेटिएका एक सर्वसाधारणले भन्दै थिए, ‘यो देशका कर्मचारी
ठीक पार्न मातृका यादवजस्तो मन्त्री चाहिन्छ । शौचालयमै नथुनी यिनका मति सुधि्रदैनन् । सानो काम गर्न पनि साला हप्तै धाउनुपर्ने ।’
माओवादी संसदीय दलको पछाडि रहेको क्यान्टिनमा भने ‘माओवादीले पनि केही लछारपाटो लाउन नसकेको’ चर्चा थियो । सभासद्हरूको एक समूह भन्दै थियो, ‘बाबुराम–बाबुराम भनेर कराउनेहरूको घिरौंलाजत्रो नाक नराम्ररी काटियो ।’ आपसमै कुटाकुट गर्ने मधेसी दलका नेताप्रति व्यंग्य पनि गरिरहेका थिए उनीहरू । ‘मधेसी दलका नेताले त भा“डभैलो गर्नबाहेक केही जानेका रहेनछन्,’ एक सभासद्ले दिक्क मानेर भने ।
मन्त्रीसमेत रहेका मधेसी दलका एक नेताको क्यारिकेचर गरेर हसाउदै थिए कर्मचारी सोही क्यान्टिनमा । औंला काट्ने धम्की दिने राजेन्द्र महतो, रक्सी खाएर अस्पतालमा भा“डभैलो मच्चाउने सरोजकुमार यादव, विनाभिसा विदेश गएर बदनाम भएका लोकेन्द्र विष्टबारे पनि सो क्यान्टिनमा गफ जमेको थियो ।
क्यान्टिनमा कोही पश्चिम सेती बन्नुपर्ने कुरा चर्को रूपमा गर्दै थिए भने कोहीचाहि राष्ट्रको अहित हुनेगरी सम्झौता भएकामा विरोध गर्दै थिए । क्यान्टिनमा अर्को एउटा समूह झनै आक्रामक थियो । ‘अहिलेका नेतामा दूरदर्शिता छैन, देश बनाउने आइडिया बरु हामीसित सिकुन्,’ उनीहरूको चुनौती थियो ।
यता, गृह मन्त्रालयको क्यान्टिनमा गृहमन्त्री विजयकुमार गच्छदारकै कटु आलोचना भइरहेको थियो । कर्मचारीबीच चर्चा थियो, ‘गृहमन्त्रीले पैसा खाएर कर्मचारी सरुवा गरे, प्रहरी प्रशासनमा तवाही मच्चाए । गृहले गतिलो नेतृत्व पाएन ।’
वन मन्त्रालयको क्यान्टिनमा भने गफ दिनेहरूको जमात भेटिएन । खाजा समय सकिएकाले क्यान्टिन खालीजस्तै थियो । सो क्यान्टिनका सञ्चालक अर्जुन ढुंगाना आफ्नोक्यान्टिनमा कर्मचारीभन्दा पनि संघसंगठनका मानिस धेरै आउने बताउछन् । ढुंगानाका अनुसार त्यहा एक–अर्का दलको युनियनको विषयमा कुरा काट्ने काम हुन्छ । ‘आफ्नो पार्टीले गरेको काम भए राम्रो, अरूले गरेको काम भए नराम्रो भन्ने त हुन् नि †’ उनी भन्छन्, ‘सबै कुरा त सुन्न पनि मिल्दैन ।’
श्रम मन्त्रालयमा क्यान्टिन चलाउने लव कार्की क्यान्टिनमा खाजा खान आउनेले मनपेट खोलेर कुरा गर्ने बताउछन् । ‘तर अरूको कुरा सुनेर बस्ने कुरा आएन,’ उनले भने ।

प्रतिक्रिया