कृषिमा यान्त्रिकीकरण बढ्दो

बीरगन्ज,२३ । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढ्दो अवस्थामा  छ । बारा र पर्सामा यो वर्ष जिरो टिलेज प्रविधिमार्फत गहु खेती गर्ने किसानको संख्यामा वृद्धि भएको छ । जिरो टिलेज ,खेत खनजोत नै नगरी गहुको बीउ छर्ने प्रविधि हो ।
लागत खर्च कम लाग्ने र उत्पादन पनि बढी हुने भएकाले किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । सिरियल सिस्टम इनिसिएटिभ फर साउथ एसिया सिसा  परियोजनाले  सन् २०१० देखि बारा र पर्सामा जिरो टिलेज प्रविधि भित्र्याएको हो । कृषि प्राविधिक नजबुल्लाह अन्सारीका अनुसार यस वर्ष बारा र पर्सामा गरी एक सय ७५ हेक्टर क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट किसानले गहु खेती गरेका छन् ।
बरिन्चीबर्वा, बिजबनिया, कौवाबन कटैया, विश्रामपुर, वीरवागुठी, नगरदाहा र परवानीपुरमा जिरो टिलेज प्रविधि मार्फत गह“ुखेती गरिएको छ । त्यस्तै बारामा बलिरामपुर, कलैया, सिसहनिया,सिमरा ,अवधापुर ,हर्नैया ,बैराठपुर,सिम्रौनगढ क्षेत्रमा यो प्रविधि सुरु भैसकेको छ ।  अघिल्लो वर्ष दुवै जिल्लामा ८० हेक्टर क्षेत्रफल जग्गामा मात्र यस प्रविधिबाट गहुखेती गरिएको थियो । जिरो टिलेज प्रविधि अपनाएर खेती गर्दा लागत खर्चमा २५ देखि ३५ प्रतिशतसम्म कटौती हुने र उत्पादनमा पनि करिब ५० प्रतिशतसम्म वृद्धि हुने कृषि प्राविधिक चन्द्रदेव मण्डल बताउछन् ।
प्राविधिक अन्सारीका अनुसार जिरो टिलेज प्रविधिबाट खेती गर्दा प्रति हेक्टरमा साढे चार मेट्रिक टन गहु उत्पादन हुन्छ । खेत खनजोत गरेर पुरानो प्रविधिबाट खेती गर्दा एक हेक्टरमा बढीमा तीन मेट्रिक टन मात्र गहु उत्पादन हुने पनि उनले बताए । जिरो टिलेज प्रविधिबाट गहुखेती गर्दा सिंचाइ पनि कम गरे पुग्ने तथा गोडमेलको पनि झन्झट बेहोर्नुनपर्ने प्राविधिकले बताएका छन् । कम जग्गामा धेरै उत्पादन लिनका लागि जिरो टिलेज प्रविधि उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालय पर्साका बाली विकास अधिकृत सुरेश चौरसिया बताउ“छन् ।
जिरो टिल प्रविधिबाट अघिल्लो वर्ष १२ हेक्टर जमिनमा गहुखेती गरेका पर्सा बिजबनियाका किसान अभय यादवले  यो वर्ष २३ हेक्टर जमिनमा यही प्रविधिबाट गहुखेती गरेका छन् । लागत खर्च कम लाग्ने र उत्पादन बढी हुने भएपछि मेसिनको प्रयोग गरिएको उनी बताउछन् । बारा बलिरामपुरका किसान गयाप्रसाद बरैले पनि यो वर्ष जिरो टिलेज प्रविधि अपनाएर आºनो तीन हेक्टर जमिनमा गह“खेती गरेका छन् । बरै मात्र नभई पर्सा बिरन्चिबर्वाका दीपु तिवारी र बारा सिमराका मुकुन्दबहादुर क्षेत्रीले पनि जिरो टिलेज प्रबिधि प्रयोग गरेका छन ।
सिसा परियोजनाले बारा र पर्सामा १६ वटा जिरो टिल सिडडिल मेसिन किसानलाई निःशुल्क उपलब्ध गराएको छ । जिरो टिलेज प्रविधीबारे सुरुका दिनमा किसानलाई बुझाउन र विश्वासमा लिन कठिनाइ भए पनि परीक्षण खेतीका क्रममा राम्रो नतिजा देखिएपछि किसानको आकर्षण बढेको प्राविधिक अन्सारीको भनाइ छ । आगामी वर्षको सिजनमा यो प्रविधिको प्रयोगबाट बारा र पर्साका पुरै भेगमा गहु“खेती गराउने लक्ष्य रहेको सिासा परियोजनाले जनाएको छ ।

प्रतिक्रिया