केन्द्रीय पुस्तकालय सुनसान

दाङ, २३ चैत । ठूलो रकम खर्चेर बनाइएको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रीय पुस्तकालय प्रयोगविहीनजस्तै भएको छ । पुस्तकालयमा सबै प्रकारका पुस्तक उपलब्ध भए पनि पाठक दैनिक एकजना फेला पार्न नसक्दा पुस्तकालय सुनसान भएको हो ।
पुस्तकालयका उपप्रमुख गणेश अधिकारी भन्छन्, ‘पुस्तकालय लगभग सुनसान छ ।’ उनी थप्छन्, ‘संस्कृतका केही शिक्षकले धानेका छन् भने केहीले पुस्तक घरमा लगेर पढेका छन् । पुस्तकालयमा पढ्नेको अभाव छ ।’
पाठकको अभाव भए पनि पुस्तकालयमा पुस्तकको अभाव छैन । यहा“ कोशका दुई सय ४९, न्यायका पा“च सय १०, साधुका दुई सय ५०, व्याकरणका नौ सय ७०, धर्मशास्त्रका एक हजार ७३, वेदका छ सय सात पुस्तक उपलब्ध छन् । यस्तै, समाजशास्त्रका ६६, ज्योतिषशास्त्रका पा“च सय ६३, गणितका २४, कामशास्त्रका ३२, तन्त्रमन्त्रका दुई सय २५ पुस्तक छन् । अधिकारीका अनुसार साहित्यका चार हजार एक सय १०, बालसाहित्यका ७१, आयुर्वेदका दुई सय १५, राजनीतिका ४४ पुस्तक रहे पनि ती पुस्तक सुन्दर ¥याकमा सजाइएका मात्र छन् ।
पुस्तकालयमा इतिहासका तीन सय ४५, अर्थशास्त्रका एक सय ७०, भूगोलका ६७, इतिहास पुराणका सात सय ९५ सहित १५ हजार दुई सयभन्दा बढी पुस्तक राखिएको छ । अन्य एक हजार एक सय ३९ पुस्तक पनि छन् । नेपाली र अंग्रेजी भाषास“गै संस्कृत र हिन्दीमा लेखिएका पुस्तक पनि पाठकका लागि व्यवस्था गरिएको छ । पुस्तकालयमा दैनिक समाचार–पत्रसहित मासिक पत्रिका पनि उपलब्ध छन् ।
२०४९ सालमा स्थापना भएको पुस्तकालय २४ मंसिरमा नया“ भवनमा सारिएको हो । विश्व विद्यालयका कुलपति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फोनबाट र सहकुलपति शिक्षामन्त्री दीनानाथ शर्माले  पुस्तकालयको उद्घाटन गरेका थिए । २५ मंसिरदेखि अहिलेसम्म पुस्तकालय सुनसान भएको छ ।

प्रतिक्रिया