‘संविधानमा भारतीय सेनाको पनि चासो’

काठमाडौं, २३ चैत । प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय सेना प्रमुख विजयकुमार सिंहबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले भारतीय सेनाको लोकतान्त्रिक परम्परा, नागरिक नेतृत्व अन्तर्गत रहेर काम गर्ने परम्पराको सरहाना गरेको प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भट्टराईले नेपाली सेनापनि लोकतान्त्रिक परम्परा अंगाल्दै सेना समायोजनमा सकारात्मक भूमिका खेलेको हुनाले सेना समायोजन पक्रिया सफल हुने बताए ।

भारतीय सेना प्रमुख सिंहले नेपालको शान्ति प्रक्रियामा आफ्नो सदभाव रहेको र आवश्यक सहयोग रहनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

यसैवीच, राष्ट्रपति रामवरण यादवसंग भारतीय सेना प्रमुख जनरल सिंहले भेटबार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज विहान भएको भेटवार्तामा नेपाल र भारतीय सेनाबीचको सम्बन्ध, सहयोगलगायतमा छलफल भएको हो ।

प्रतिक्रिया