मिलेमतोमा अवैध निकासी

नेपालगन्ज, २२ चैत । नेपालबाट सुपारी, ल्वाङ र अलैंचीको भारतमा अवैध निकासी हुनेगरेको छ । यस्तो कार्यमा नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले समेत संरक्षण दिने गरेको आरोप लगाइएको छ ।
स्थानीय व्यापारीले भारतसग सीमा जोडिएका बाकेका जमुनाह, साइगाई, जैसपुर, हिरमनियामा गोदाम राखेर सुपारी, ल्वाङ र अलैची भारत पठाउने गरेका छन् । नेपालगन्ज भन्सारका कर्मचारी र प्रहरीसग समेत लाइन मिलाएर उनीहरूले निर्वाधरूपमा वर्षैंदेखि तस्करी गरिरहेका छन् ।
पछिल्लो सयममा यस्ता सामानको निकासीमा कडाइ गरिएको भनिएता पनि दुई साताअघि मात्रै सीमा क्षेत्रमा राखिएको गोदामबाट भारतमा निकासी हुदै गरेको १० कुइन्टल सुपारी, दुई बोरा अलैंची र २० किलो ल्वाङ बरामद गरेको बा“केका डिएसपी उदय तामाङले बताए ।
तेस्रो मुलुकबाट आयात गरिएको सुपारीजस्ता सामान भारतमा निकासी गर्न नपाइने दुई देशबीच सम्झौता भएकाले त्यसैअनुसार कडाइ गरिरहेको बाकेका एसपी विक्रमसिंह थापा बताउछन् । उनले नेपालगन्जलाई छाडेर सीमामा गोदाम राख्नुले व्यापारीको नियतमा खोट देखिएको बताए ।
गैरकानुनी भएकाले कुनै पनि हातलमा सुपारी भारत निकासी गर्न नदिने उपरीक्षक थापाको दाबी छ । नेपालगन्जमा पूर्वी नेपाल र तेस्रो मुलक इन्डोनेसियाबाट काठमाडौं हुदै सुपारी, ल्वाङ र अलैंची ल्याउने गरिन्छ । उद्योग वाणिज्य संघले भने सीमामा गोदाम राखेको भए पनि भारत निकासी नगरेको दाबी गरेको छ । संघका अध्यक्ष सुनीलकुमार शर्माले नेपालभित्र इजाजत लिएर कारोबार गर्दा पनि सुपारी ओसारपसारमा अनावश्यक दुःख दिने गरेको बताए । शर्माले सुपारीलगायतका वस्तुहरू भारतमा निकासी नगरेको दाबी गरे पनि नेपालगन्ज भन्सारका प्रमुख पुष्पराज श्रेष्ठ भने त्यस्ता वस्तुको अवैध निकासी भइरहेको बताउछ“न् ।

प्रतिक्रिया