‘चीनको दुस्मन, पाकिस्तानको पनि दुस्मन’

बेइजिङ, २१ चैत । ‘साथीको साथी मेरो साथी, साथीको दुस्मन मेरो पनि दुस्मन’, फिल्मी संवादजस्तो सुनिने यो भनाइ कुनै अभिनेताको होइन । चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री युसुफरजा गिलानीले चीन–पाकिस्तान सम्बन्ध अत्यन्तै विशिष्ट र सर्वकालिक रहेको जनाउ दिने क्रममा माथिको भनाइ राखेका हुन् ।
आर्थिक सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री गिलानीले चिनिया उपप्रधानन्त्री ली केकियाङसगको भेटमा यस्तो बताएका हुन् । ‘चीनको साथी हाम्रो साथी हो भने चीनको दुस्मन हाम्रो पनि दुस्मन हो,’ लीसगको कुराकानीका क्रममा गिलानीले भने । भारत भ्रमणका लागि पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी नयादिल्ली जानु एक दिनअघि पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई चिढ्याउने भनाइ राखेका हुन् । ‘चीनको सुरक्ष्ाँलाई हामीले आङ्खनै सुरक्ष्ाँ मानेका छौ,’ गिलानीले भने । उनले भारतसहित छिमेकी राष्ट्रहरूसग सम्बन्ध सुधानुपर्नेमा जोडसमेत दिए । उपप्रधानमन्त्री ली आगामी वर्ष चीनको प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ ।
जवाफमा चिनिया उपप्रधानमन्त्री लीले समेत क्षेत्रीय र अन्तर्राष्ट्रिय मामलामा चीनले पाकिस्तानलाई सधै साथ दिने वचन दिए । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा जस्तोसुकै उथलपुथल आए पनि हामी पाकिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा सदैव रहनेछौ,’ उनले भने ।
चीन र पाकिस्तानबीचको सम्बन्ध विशिष्ट रहेको अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरू बताउछन् । प्रख्यात राजनीतिशास्त्री स्टिफन कोहेनले यी दुई राष्ट्रबीचको सम्बन्धलाई अमेरिका र इजरायलबीचको सम्बन्धसग तुलना गरेका छन् । ‘द आइडिया अफ पाकिस्तान’ नामक किताबमा उनले यस्तो तुलना गरेका हुन् । भारतले भने चीन र पाकिस्तानबीचको निकटतालाई चुनौतीका रूपमा लिने गरेको छ । (एजेन्सी)

प्रतिक्रिया