‘सेक्सको कुरा गोप्य नै राखौ’

माल्भिका सुव्वा, नायिका

पहिलो डेटिङ कहिले जानुभो ?
१० कक्षामा पढ्दा ।
अनुभव कस्तो रह्यो ?
नराम्रो † कस्तो–कस्तो, के कुरा गर्ने–गर्ने, सोच्दैमा डेटिङ बित्यो ।
सेक्सचाहि भएन ?
त्योचाहि अलि पर्सनल म्याटर भएकाले गोप्य नै राखु क्यारे †
ब्राड पिटले प्रेमप्रस्ताव गरे स्विकार्नुहुन्छ ?
अह † मलाई एन्जेलिना जोलीसग कुनै रिसइबी राख्नु छैन ।
राजेश हमालले प्रस्ताव गरे नि ?
राजेशजीलाई सबैभन्दा पहिला धन्यवाद दिन्थे । अनि हामीबीच फ्रेन्डसिप मात्र हुन सक्छ भन्थे“ ।
एक रातमा आफ्नो नाम विश्वमा चिनाउनुपरे ?
त्यो मौका त मैले मिस वल्र्डको प्रतिस्पर्धासगै गुमाइसकेकी छु । अब त्यस्तो बाध्यता नै आइलागे ओप्राविन्सीको सो (चर्चित रियालिटी सो) मा इन्टरभ्यु दिन जान्थे ।
कुनै कारणले एचआइभी संक्रमित हुनुभए ?
मचाहि त्यस्तो संक्रमित हुला जस्तो लाग्दैन । भइहाले सामाजिक चेतना छर्दै औषधि खाएर बस्थे ।
जनताले प्रधानमन्त्री बन्न प्रस्ताव गरे ?
जनताले नै प्रस्ताव गरे त स्वीकार गर्नैपर्‍यो नि । तर, पूर्वप्रधानमन्त्रीलाई भन्दा एक रुपिया भए पनि बढी पैसा चाहिन्छ भन्थे ।
अकस्मात् एक करोड भेट्नुभयो भने नि ?
खर्चको विवरण मिलाएर मज्जाले घुम्न निस्कन्थे ।

प्रस्तुति विशाल

प्रतिक्रिया