शिक्षामा ठगी प्रकरण

शिक्षित नागरिक भएको राष्ट्रले मात्र समतामूलक विकास गर्न सक्छ । शिक्षाले व्यक्तिलाई मानवीय मूल्य र मान्यता पर्गेल्न सक्ने बनाउछ । र, शिक्षाले नै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताप्रति गम्भीर बन्ने चेतनाको विकास गराउछ । यसैले विश्वमा कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित हुनु नपरोस् भन्ने पवित्र उद्देश्य विकसित भएको छ । हाम्रो मुलुक नेपालमा पनि शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गरिदै छ । प्रत्येक आर्थिक वर्षका बजेटमा शिक्षातर्फको लगानीलाई बढाउदै लगिएको छ तर, जतिसुकै खर्च गरे पनि हाम्रो मुलुकको शैक्षिक पद्धति ठीक छैन भन्ने देखिएको छ । यसले के देखाउछ भने सरकारले गरेको लगानी, अभिभावकले गरेको खर्च र विद्यार्थीले भोगेको पीडाबाट मुलुकलाई नै घाटा पुग्दै छ । साथै शिक्षानीतिमा रहेको अस्पष्टता, विद्यालयमा भित्रिएको विकृति र शिक्षालाई धन आर्जनको गतिले ‘माल’ ठान्ने प्रवृत्तिको विकासले हामीलाई शैक्षिक दुरवस्थातर्फ अग्रसर गराउदै छ । यसलाई गम्भीरतापूर्वक लिएर सरकारले स्पष्ट नीति निर्माण गर्नुपर्छ । शिक्षा क्षेत्रमा फैलिएको विकृतिले सबै क्षेत्रलाई प्रभाव पार्छ । तसर्थ, यस क्षेत्रमा देखिएका सबैखाले विसंगति तुरुन्त रोक्नुपर्छ ।
स–साना बालबालिका पढ्ने विद्यालय झोलामा बोकेर हिड्नेदेखि चिकित्सक बनाइदिने बहानामा ठगी गर्नेहरू समेत नेपालमा बग्रेल्ती पाइन्छन् । यस्ता कुतत्वलाई कानुनको दायरामा ल्याएर कठोर सजाय दिने कानुन नेपालमा छैन, जसको अभावले शिक्षामा घुसेका अवैध तत्वले उन्मुक्ति पाइरहेका छन् । विद्यालय र विद्यार्थी नै नभएका कागजी विद्यालय, कागजी शिक्षक र कागजमै सीमित हिसाब–किताबका आधारमा रकम बुझ्नेहरू नेपालमा थुप्रै छन् भन्ने खुलासा भएको छ । शिक्षाजस्तो पवित्र क्षेत्रलाई धन कमाउने माध्यम बनाएकाहरूले समाजमा वर्गीय खाडल बढाउने काम गर्छन् । सरकारी विद्यालयको पढाइ गुणस्तरहीन भएको मौका छोपी विभिन्नखाले शैक्षिक संस्था खुलेका छन्, जसको निगरानी र अनुगमन गर्ने भरपर्दो निकाय छैन । थेग्नै नसक्ने शुल्क असुल्नेदेखि हुदै नभएको विद्यालय देखाएर सरकारी ढुकुटी रित्याउनेहरूमाथि कडा कारबाही हुनुपर्छ । अन्यथा अवाञ्छित तत्वले शिक्षा जगत्लाई बदनाम गराउने मात्र होइन, अर्थ कानुनको धज्जी उडाउदै समाजमा व्यभिचारको विकास गराउनेछन् । तसर्थ शिक्ष् क्षेत्रमा देखिएका अनियमितता पूर्णरूपमा रोकिनुपर्छ ।
नेपाल धनीहरूको देश होइन । यहाका जनता गरिब छन् । उनीहरूका छोराछोरी सस्तो विद्यालयमा गएर शिक्षा लिन चाहन्छन् तर उनीहरूलाई शिक्षाको ‘दलाल’ले ‘झोले’ विद्यालयमा पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । थुप्रै ठगको बिगबिगी रहेको यस क्षेत्रमा सेवाभावले काम गर्नेहरूको कमी हुदै गएको छ । आङ्खना नागरिक शिक्षाको उज्यालोबाट वञ्चित नहोऊन् भन्ने उद्देश्य राखेर मात्र हुदैन । सरकारले नीति पनि सोही अनुरूपको बनाउन सक्नुपर्छ । झोले र कागजी विद्यालय तुरुन्त खारेज गर्ने, ती विद्यालयका ठगलाई कडा कारबाही गर्ने र तोकिएकोभन्दा बढी शुल्क असुल्नेहरूलाई ठगीमा कारबाही गर्ने कानुन बनाउनुपर्छ । यी सबैको अभावमा अहिले शैक्षिक क्षेत्र बदनाम र अपवित्र हुदै गएको छ । कडा अनुगमन र कारबाही नभएसम्म यो क्षेत्रमा सुधार आउने देखिदैन । समयानुकूल शिक्षा नीतिको पनि उत्तिकै खा“चो छ । तसर्थ सरकारले शैक्षिक क्षेत्रको विकृति हटाउन कडा नियम तर्जुमा गर्नैपर्छ ।

प्रतिक्रिया