१५ औषधि पसल कारबाहीमा

काठमाडौं, २० चैत । आङ्खनो नाममा औषधि पसल दर्ता गरी अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको भन्दै सरकारले काठमाडौं शान्तिनगरको एउटा औषधि पसल बन्द गराएको छ भने अन्य १४ औषधि पसलविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा अनधिकृत व्यक्तिले औषधि पसल सञ्चालन गरेको फेला पारेपछि शान्तिनगरमा रहेको अम्बिका मेडिकल हललाई बन्द गराएको हो ।
अम्बिकाकुमारी मण्डलको नाममा दर्ता भएको सो पसल अन्य व्यक्तिले गैरकानुनी रूपमा सञ्चालन गरेको पाएपछि पसलको दर्ता खारेज गरी बन्द गराइएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । सरकारी नियमअनुसार औषधि पसल फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र औषधि व्यवस्था विभागले सञ्चालन गरेको अभिमुखीकरण तालिम प्राप्त गरेको व्यक्तिले मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, विभागले अनुगमनका क्रममा फार्मेसी पढेका र तालिम लिएकाले आङ्खनो नाममा पसल दर्ता गराएर अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको फेला पारेपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विभागले अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिएका व्यावसायीहरूलाई पहिलोपटकका लागि स्पष्ट जवाफसहित विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । ‘गैरकानुनी रूपमा अन्यलाई पसल चलाउन दिएका व्यावसायीलाई विभागमा स्पष्टीकरणका लागि बोलाएका छौं,’ निरीक्षक अधिकारीले भने, ‘स्पष्टीकरणमा नआएमा वा स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएमा व्यापारीको दर्ता खारेज गर्ने र पसल बन्द गर्नेछौं ।’
विभागले अनुगमनका क्रममा पोखराका प्रशुनकुमार सुन्दरको नाममा रहेको पालुङटार फार्मेसी, पोखराकै जमुना चापागार्इंको नाममा रहेको जमुना मेडिकल हल, तनहुको सचिता बस्नेतको दाहाल हेल्थ कयर एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौंका मिरा पौडेलको संघर्ष मेडिकल हल अनधिकृत व्यक्तिले चलाएको पाएको थियो ।
यस्तै शान्तिनगरका पाइलट थापाको युगज्योति फार्मेसी, शान्तिनगरकै धिरेन्द्रबहादुर भाटको दीप फार्मेसी, पेप्सिकोलाका वासुदेव खत्रीको क्यु प्लस फार्मेसी, बानियाटार, दोलखाका सुदीप खत्रीको मैनापोखरी मेडिसिन सेन्टर, सिन्धुपाल्चोककी अजिता ढकालको अजिता फार्मेसी, लामोसाघुकी मनिषा श्रेष्ठको कमल फमार्, तातोपानीकी सिर्जना कार्कीको सुनिल फर्मा इर्खु, सुनिता अर्यालको निलम फर्मा चौतारा, पर्वतको तोयानाथ पौडेलको अन्नपूर्ण मेडिसिन सर्भिस तिलाहार र कपिलवस्तुको माधव भण्डारीको भण्डारी फार्मेसी तौलिहवा गैरकानुनी रूपमा सञ्चालनमा रहेको फेला पारेको हो ।

प्रतिक्रिया