अन्तर्राष्ट्रिय सहकारी आन्दोलन

सहकारी भनेको स्वतफूर्त रूपमा साझा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकताका लागि आबद्ध भएर संयुक्त रूपमा स्वामित्व लिने र नियन्त्रणमा रहने संस्था हो । स-सानो व्यवसायदेखि लिएर करोडौं डलरको व्यवसायमा आबद्ध विश्वका सहकारीले १० करोडभन्दा बढी मान्छेलाई रोजगारी दिएका छन् भने ८० करोडभन्दा बढी जनता सहकारीका सदस्य रहेका छन् । सहकारी संस्थाहरू सहकारीको सिद्धान्तअनुसार सञ्चालित हुनुपर्दछ । सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय सहकारी महासंघ -आइसिए)ले सन् १९९५ मा प्रतिपादन गरेको सहकारी सिद्धान्त र मान्यतालाई सहकारी संस्थाहरूले पछ्याउँदै आएका छन् ।
सँगै बसौँ, बाँडीचुँडी खाऊँ, मिलेर काम गरौँ र जीवनका यावत् क्रियाकलापलाई सँगसँगै लैजाऔँ भन्ने शाब्दिक अर्थ नै सहकार्य हो । प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्वसहितको उदयमार्फत् आ-आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षालाई पूरा गर्न भनी स्वेच्छिक रूपले संगठित भएका व्यक्तिको स्वायत्त संगठन नै सहकारी हो ।
सहकारी संस्था आत्मनिर्भर, स्व-उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यबद्धताका मूल्यमा आधारित छन् । आफ्ना संस्थापकको परम्परामा सहकारी संस्थाका सदस्यले इमानदारिता, खुलापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्यमा सहकारी विश्वास राख्दछ । सन् १९९५ मा प्रतिपादित सात सिद्धान्तमा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण,  सदस्यको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी संस्थाहरूबीच अन्तर-सहयोग, समुदायप्रति चासो रहेका छन् ।
देशमा छरिएर रहेका स-साना पुँजी तथा सीपलाई एकत्रित गरी सहकारीताको माध्यमबाट आफ्नो  आवश्यकता आफैँ पूरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकलाप वृद्धि गर्न सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप सहकारी संघसंस्थाको स्थापना हुने वातावरण्ा तयार गर्ने रहेको छ । त्यसैगरी   सीमान्तवर्गको बाहुल्य रहेको दुर्गम क्षेत्रसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको आधारका रूपमा सहकारी प्रण्ाालीलाई प्रवर्द्धर्न गर्ने, सहकारी प्रण्ाालीलाई स्थानीयस्तरमा कृष ितथा गैरकृषजिन्य वस्तु तथा सेवाको व्यावसायीकरण् गर्ने माध्यमको रूपमा विकास गर्ने, सहकारी अभियानलाई विधिसम्मत र सिद्धान्तनिष्ठ ढंगबाट सञ्चालन गर्न सम्बन्धित पक्षलाई अभिप्रेरित गर्ने रहेका छन् ।
विश्व सहकारीको संक्षप्त इतिहास
सहकारीको आधुनिक परिभाषासँग मेलखाने प्रथम सहकारी संस्थाको स्थापना सन् १८४४ मा बेलायतको रोचडेल सहरमा उपभोक्ता सहकारी संस्थाका रूपमा गठन गरिएको थियो । यसलाई सहकारीको इतिहासमा रोचडेल पायोनियर्सको नामले चिनिन्छ । त्यसैगरी सन् १८४८ मा जर्मनीमा जनताको बैंक स्थापना गरेर अनिकाल र भोकमरीमा परेका ग्रामीण् किसानलाई ऋण् उपलब्ध गराउने कार्यमा रैफिसनको नेतृत्वमा ऋण् सहकारी अभियान सुरु भयो । बेलायत तथा जर्मनबाट एउटै दशकभित्र प्रारम्भ भएको सहकारी आन्दोलनका रूपमा संसारभर फैलियो ।
बेलायतमा औद्योगिक क्रान्तिपछि हाल सार्कका उद्योगपतिले श्रमिकको शारीरिक एवम् आर्थिक शोषण् गरेझैँ बेलायती उद्योगपति श्रमिकमाथि सक्दो शोषण्ा गर्ने गर्थे । यसरी आफूमाथि आर्थिक शोषण्ा हुन थालेपछि निम्नस्तरीय आर्थिक एवं सामाजिक हैसियत भएका कृषक एवम् श्रमिक आफ्नो आर्थिक हित अभिवृद्धि गर्दै लैजाने उद्देेश्यले संगठित हुन पुगे । फलस्वरूप बेलायतका रोचडेल गाउँका श्रमिकले पाउरोटी सहकारी भण्डारको स्थापना गरी सहकारी आन्दोलनको सन् १८४४ मा सूत्रपात गरे । तर, सो सहकारीले कानुनी मान्यता प्राप्त नगरेको अवस्थामा रात्रि समयको मौका छोपी पाउरोटी बनाउन थाले । सहकारीविरोधी उद्योगपतिले रात्रि समयमा विद्युत् आपूर्ति बन्द गराएर पाउरोटी उद्योेगलाई धराशयी बनाउने प्रयास गरे तर सहकारीमा जुटेका मजदुर तथा कृषकले मैनबत्ती बालेर भए पनि सहकारी भावनालाई मूर्तरूप दिई छाडे । सो सहकारी स्थापना भएको आठ वर्षपछि अर्थात् सन् १८५२ मा बेलायतमा पहिलो सहकारी कानुन बनेपछि सहकारीले कानुनी हैसियत एवं मान्यता प्राप्त गर्‍यो ।
बेलायतको रोचडेल पायोनियर्स सहकारी संस्था तथा जर्मनीको रैफिसन प्रण्लीको ऋण् सहकारी संस्थाको सफलताको परिण्मस्वरूप अमेरिका, क्यानाडा, युरोप, अस्टे्रलिया र केही एसियाली भू-भागमा सन् १९४० पूर्व नै सहकारी आन्दोलनको लोकपि्रयता एवं महत्त्व बढ्यो । सन् १८९५ मा बेलायतमा सम्पन्न भएको प्रथम सहकारी कांग्रेसमा एसिया र प्रशान्त क्षेत्रका भू-भागबाट भारत र अस्टे्रलियाका सहभागीले भाग लिएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय सहकारी अलायन्स गठन भएको हो ।
प्रस्तुतिः बाबुकृष्ण महर्जन

प्रतिक्रिया