एमाओवादी विरुद्ध सुदूरपश्चिम आक्रोशित

कैलाली, १५ वैशाख । एकीकृत माओवादीले सुदूरपश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरलाई थारुवान राज्यमा राख्ने प्रस्ताव गरेपछि स्थानीय संघ÷संगठनहरुले त्यसको बिरोधमा अनिश्चिकालिन सुदूरपश्चिम बन्द गरेका छन् ।
अखण्ड सुदूरपश्चिमको समर्थनमा भएको अनिश्चिककालिन बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सम्पूर्ण शैक्षिक संस्था, बजार, यातायात तथा कलकारखाना पूर्ण रुपमा बन्द भएका छन् ।
बन्दका कारण गन्तब्यमा जान निष्केका यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।
सुदूरपश्चिमका स्थानीयहरुले एमाओवादीको नयाँ प्रस्तावमा कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिमबाट छुट्टाएको बिरोधमा बन्द आह्वान गरेको जनाएका छन् ।
स्वस्फर्तः रुपमा सडकमा उत्रेका स्थानीय सर्वसाधरणले कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरालगायतका जिल्लामा एमाओवादी बिरुद्ध चर्का नाराबाजी गर्नुका साथै सडकमा टायर बालेर बिरोध गरेका छन् ।
एमाओवादीले बिहीबार सार्वजनिक गरेको १० वटा संघीय राज्य अन्तर्गत कैलाली र कञ्चनपुरका केही भाग र सुदूरपश्चिमका पहाडी जिल्लासहित सेती–महाकाली  राज्य बनाउने प्रस्ताव छ ।

प्रतिक्रिया