‘जस लिने विषयमा तीन दलवीच बिवाद’

काठमाडौं, १४ वैशख । संविधानसभा अध्यक्ष सुभासाचन्द्र नेम्वाङले दलहरुका वीच राजनीतिक परामर्श जारी रहेकाले सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा नेम्वाङले दलहरुका वीच दुई दिनभित्र नयाँ संविधानका विवादित बिषयमा सहमति जुट्ने दाबी गरे । उनले पार्टीगत अडान र विवादलाई थाती राख्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शान्ति प्रकृया टुङगी सकेको अवस्थामा नयाँ संविधानका बिवादित बिषयमा आएर दलहरु अल्झिनु दुर्भग्यपूर्ण रहेको बताए । उनले शान्ति र नयाँ संविधानको जस कस्ले लिने भन्ने विषयमा प्रमुख दलहरुका बीच बिवाद भएको बताए । शान्ति र संविधानको सफलताको ‘जस’ जुन दलले लिएपनि नयाँ संविधान समयभित्र दिनु पहिलो प्राथमिकता हुनुपर्ने नेता केसीको भनाई छ । उनले सानातिना कुरामा विवाद गरेर समय खेर नफाल्न सबै दलका शीर्ष नेतृत्वलाई सुझाव दिए ।

प्रतिक्रिया