पाकिस्तानसँग चिनियाँ युद्धपोत

बेइजिङ : चीननिर्मित दु्रत आक्रमण क्षमताको युद्धपोत पाकिस्तानी सेनाले हासिल गरेको छ । क्षेप्यास्त्रयुक्त यस्तो युद्धपोत पाकिस्तानसँग थिएन । चीनको तियानजिनस्थित चिनियाँ पोतकारखानामा रहेको सो युद्धपोतले पाकिस्तानी नौसैनिक क्षमता विकास गर्ने पाकिस्तानले जनाएको छ ।
पाकिस्तानका नौसैनिक प्रमुख मुहम्मद असिफ सान्डिलाले पाकिस्तानको सार्वभौमिकता उल्लंघन गर्नेविरुद्ध प्रतिकार गर्न पाकिस्तानी सेना पूर्ण तयार रहेको बताएका छन् । युद्धपोत लिन चीन पुगेका उनले चीननिर्मित युद्धपोतले पाकिस्तानी नौसैनिकको प्रतिकारात्मक क्षमता विकास गरेको दाबी गरेका छन् ।
चीननिर्मित युद्धपोत पाकिस्तानमातहतमा आउनुलाई उनले ‘पाकिस्तान र चीनबीचको प्रतिरक्षा र रणनीतिक साझेदारीको कोशेढुंगो’ को संज्ञा दिएका छन् । यस्तै प्रकारको अर्को युद्धपोत सन् २०१२ को अन्त्यसम्ममा पाकिस्तानभित्रै निर्माण भइसक्ने जानकारी उनले दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया