बालिकाहरुको ‘बेलसँग विवाह’ (फोटो फिचर)

काभ्रे, ११ वैशाख । नेवारहरुको वाहुल्यता रहेको काभ्रे जिल्लाको ऐतिहासिक शहर बनेपा, धुलिखेल, पनौती, नालामा डेढ सय कन्याको बेलसँग विवाह गरिएका छ ।
नेवार समुदायका कन्याहरुको रजस्वला हुनु अघि कहिल्यै नकुहिने र नबिग्रने बेलसँग विवाह गरी धार्मिक रुपमा बाचुञ्जेल विधवा नहुने भन्दै हरेक वर्ष यस्तो विवाहको आयोजना गरिदै आएको छ । २००७ सालदेखि बनेपामा ईही गुठीले बनेपा, सिन्धुली, रामेछाप र दोलखाका कन्याहरुलाई अक्षय द्धतीय र तृतीयका दिन कन्याहरुको बेल विवाह गरीदै आएको गुठीका सदस्य राम जोशीले जानकारी दिए ।
गुठीले गरेको सामुहिक बेल विवाहमा एक सय ५० कन्याहरु सहभागी थिए । कन्याहरुलाई खाली पेटमा पहिलो दिन विवाह गराइ साँझ मात्र भोज खुवाउने चलन छ । बनेपाको ऐतिहासिक कन्या पुजामा सहभागी भएका कन्याहरुलाई गुफा राख्नु अगाडी वेलसँग विवाह गराउने चलन छ ।
बेलका साथमा भगवान विष्णुसँग विवाह गरीदिने र गुफा राख्दा सूर्यसँग विवाह गरेपछि कन्याको पछि हुने विवाहमा भवितव्य परेको अवस्थामा समेत सामाजिक रुपमा विद्यवा भए पनि धार्मिक रुपमा विद्यवा नहुने स्थानीयहरु बताउछन् ।
बनेपामा प्रजापति, कुमाले, सेवाचार्य, कर्माचार्य, किसानी, नापित र बाहुन जातले कन्याहरुलाई बेलसँग विवाह गर्दा पुजा गर्ने चलन छ । धुलिखेलमा हरिकृष्ण न्हुसिजु प्रतिष्ठानको आयोजनामा प्रत्येक २ वर्षमा एक पटक कन्याहरुको सामुहिक विवाह गरिदिने चलन छ ।
२५ वर्ष देखि धुलिखेलमा वेलसँग कन्याहरुको पुजा हुँदै आएको छ । नाला, पनौती र धुलिखेलमा एकै खालको विवाह हुने गरे पनि बनेपामा भिन्दै खालको सामुहिक विवाह हुने गुठीका सचिव अनिल भैलले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया