‘वल्र्डकप इन नेपाल’ को च्यारिटी शो


काठमाडौं, १० वैशाख । फुटबल सम्बन्धी पहिलो नेपाली चलचित्र ‘वल्र्डकप इन नेपाल’ को पहिलो ‘च्यारिटी शो’ गोरखामा शनिबार सम्पन्न भयो । हिमाली चलचित्र मन्दिरमा भएको ‘च्यारिटी शो’ मा ७ सय दर्शक उपस्थित थिए । च्यारिटी गोरखा जेसिजको सहयोगार्थ आयोजना भएको हो । गोरखाकै वारपाकमा चलचित्रको सम्पूर्ण सुटिङ भएको थियो ।
नेचुरल मुभी मेकर्सका लागि प्रकाश थापाले बनाएको चलचित्रमा एन्फा एकेडेमीका फुटबलर ऋषि थापाको मुख्य भूमिका छ । चलचित्रमा विश्वकप खेल्ने नेपाली युवाको चाहनालाई निर्देशक रामशरण पाठकले राम्रोसँग प्रस्तुत गरेका छन् । जुगल श्रेष्ठको संगीत रहेको चलचित्रको टाइटल गीत ‘गो गो गोल’ फुटबल प्रतियोगिता हुने धेरै स्थानमा प्रचलित छ ।
आठ महिना लगाएर निर्माण गरिएको चलचित्रका अन्य च्यारिटीका लागि मुभी मेकर्सले ए डिभिजन क्लबसँग वार्ता गरिरहेको छ । पहिलो चलचित्रबाट उत्साहित थापाले राष्ट्रिय फुटबलरको समस्यामा केन्द्रित रहँदै दोस्रो चलचित्रको तयारी गरिरहेका छन् । सौर्यसँगको कुराकानीमा थापाले चलचित्रको छायांकनस्थल गोरखा भएका कारण पहिलो भूमि गोरखा नै छानिएको बताए । मुभी मेकर्सको चलचित्रबाट हुने आम्दानीको केही प्रतिशत रकम खेलकुद विकासकै लागि समर्पण गर्ने योजना रहेको छ ।

sf7df8f}+

प्रतिक्रिया