आइटम बोकेर आउँदै अञ्जना

मुम्बई : दुई वर्षअघि अल्लाहके बन्देमा अभिनय गरेपछि बलिउडबाट टाढिएकी नायिका अञ्जना सुखानी फेरि फर्कने भएकी छन् । यसपटकचाहिँ उनी नायिकाका रूपमा होइन, आइटम डान्सरका रूपमा देखिन लागेकी हुन् ।
प्रियदर्शनको आगामी चलचित्र कमाल धमाल मालामालको आइटम गीतमा उनको दमदार नृत्य हेर्न पाइने भएको हो । केही समयपछि छायांकन सुरु गरिने बताइएको यस चलचित्रमा नृत्य–निर्देशक पोनी वर्माको निर्देशनमा उनले नृत्य प्रस्तुत गर्न लागेको एजेन्सीले उल्लेख गरेको छ । सन् २००६ मा प्रर्दशन भएको मालामाल विक्लीको दोस्रो संस्करणका रूपमा यो चलचित्रमा निर्माण हुन लागेको हो । चलचित्रमा परेश रावल, ओम पुरी, नाना पाटेकर, असरानी, शक्ति कपुर, श्रेयस तलपडे, रज्जाक खान र नीरज पाठकको अभिनय रहनेछ । (एजेन्सी)

प्रतिक्रिया