मार्ग अखण्ड आनन्दको

वनको तात्पर्य हो–ती सबथोक गर्नसक्नु, जुन हाम्रो हातमा छैन, ती सब चिज हस्तगत गर्नु जो अखण्ड आनन्दका लागि सहायक छन् ।
यहा म ‘अखण्ड आनन्द’ शब्द प्रयोग गरिरहेको छु– अखण्ड आनन्दको तात्पर्य हो जो बीचमा समाप्त नहोस् । अखण्ड जीवन त केवल आनन्दको माध्यमबाट मात्र प्राप्त हुनसक्छ । र, आनन्दको तात्पर्य हो, जहा कुनै प्रकारको राग, द्वेष, छल, झुठ, असत्य, व्यभिचार, दुःख, चिन्ता समस्या र बाधा नहोस् । यस्तो नहोस् तर यो सम्भव छैन । किनभने मानव जीवन यति जटिल र दुर्बोध्य भएको छ, यति कठिन र श्रमसाध्य बनेको छ कि पाइला पाइलामा बाधा र व्यवधानको सामना गर्नुपर्छ । तर पनि मानिस त्यो आगो पार गर्दै जे जस्तो उपलब्धि प्राप्त गर्दछ त्यो ज्यादै नगन्य कुरा हुन जान्छ । रुपिया–पैसा, पुत्र, पत्नी, नातागोता, स्वजन, ऐश्वर्य, वैभव, भवन यी सब नश्वर हुन् । यसकारण नश्वर हुन् कि आफू रहेसम्म यी रहन्छन्, आफू नभएपछि यिनको पनि कुनै अस्तित्व छैन ।
जुन दिन तिम्रो जीवन यात्रा समाप्त हुन्छ, त्यसबेला तिमीसग यो शरीरबाट मुठीभर खरानीबाहेक केही रहने छैन । तिमी आङ्खना पूर्वजलाई न केही दिन सक्छौ, न आउदो पिढीलाई मुठीभर खरानीबाहेक अरू केही छोड्न सक्छौ । तिम्रो साथमा केही बा“की नै रहदैन । किनभने तिमीले जे जस्तो उपार्जन गरेका छौ, त्यो क्षणभंगुर छ, यसकारण क्षणभंगुर छ– तिमी छौ र न, त्यो छ । तिमी बितेपछि तिम्रा लागि त्यो स्वतः प्रयोजनहीन बन्छ ।
अखण्ड आनन्दको तात्पर्य हो– एक यस्तो आनन्द जुन संसारका प्रत्येक व्यक्तिका लागि समान उपयोगी र अनुकूल होस् । अखण्ड आनन्दको अनुभूति स्वयंमा महत्वपूर्ण अनिर्वचनीय र अद्भूत तत्वहो । यो यस्तो तत्व हो जसलाई प्रत्येक व्यक्ति प्राप्त गर्न चाहन्छ । ऊ चाहन्छ– जीवन तनावरहित होस्, मनमा कुनै चिन्ता नहोस्, कुनै दुःख नहोस् । ऊ, चाहन्छ कुनै प्रकारको रोग, भय, या कलहको स्थिति नआओस् । आनन्द हृदयभित्रबाट निस्कने ऊर्जा हो । हृदयभित्रबाट एक रस प्रवाहित हुन्छ, चैतन्यता प्रवाहित हुन्छ । एउटा यस्तो स्थिति प्रवाहित हुन्छ, जसले स्वयंमा निमग्न गरिदिन्छ, मस्त गर्दिन्छ ।
मानिसको सारा इच्छा र आकांक्षा सुख, सौभाग्य, धन, यश, मान पद र प्रतिष्ठा प्राप्त गर्नेमा रहन्छ । अनि ऊ चाहन्छ तनाव नहोस् कुनै प्रकारको चिन्ता नहोस्, मनमा दुश्चिन्ता र भय नहोस्, आक्रान्तता नहोस् । जब मन प्रसन्न हुन्छ तब आनन्द प्रारम्भ हुन्छ ।
तर, आनन्द जीवनको यति आवश्यक अंग हो भने यो आनन्द कसरी प्राप्त गर्न सकिन्छ त ? आनन्द प्राप्त गर्न हृदयलाई मन्थन गर्नुपर्दछ, हृदयमा रस प्रवाहित गर्नुपर्दछ । हृदयमा त्यस्तो रस प्रवाह गर्नुपर्दछ, जसको माध्यमबाट एक असीम आनन्द, एक तनावरहित जीवन, स्वयंमा चिन्तामुक्त जीवनको स्थिति बन्न सकोस् । यस्तो चिन्तामुक्त जीवन बाच्ने जो कल्पना छ, जुन क्रिया छ, त्यो स्वयंमा ‘ध्यान’ को प्रक्रिया हो । यसैले हाम्रा सारा उपनिषद्मा ध्यान महत्वपूर्ण तथ्य मानिएको छ ।
मानव जीवन दुई भागमा बा“डिएको छ । एक उसको बाह्य जीवन र अर्को आन्तरिक जीवन । मानिस आङ्खनो बाह्य जीवनबारे ज्यादा जानकार छ तर आङ्खनो आन्तरिक जीवनसग बिल्कुल अनभिज्ञ छ, कोरा छ । जति बाह्य जीवनको आवश्यकता र अनिवार्यता छ त्यत्तिकै आन्तरिक जीवनको पनि आवश्यकता र अनिवार्यता छ । तर, यसबारे ज्ञान नै छैन, किनभने यसप्रकारको शिक्षा कहिल्यै दिइएन । स्कुल, कलेजमा यस्तो शिक्षा दिइदैन । शिक्षकले यस्तो ज्ञान दिन सक्तैनन् । माता, पिता परिवार स्वजनसग पनि यस्तो ज्ञान छैन । जबतक आन्तरिक जीवनमा परिपूर्णता प्राप्त हुदैन तबसम्म जीवन तनावरहित बन्न सक्तैन । हाम्रो जीवनमा कुनै गुरु मिलेनन्, कसैले हाम्रो हात समातेन, कसैले काधमा हात राखेन, कसैको वरदहस्त हाम्रो शिरमा परेन । तिम्रो आन्तरिक जीवनको आन्तरिक तत्व बडो महत्वपूर्ण, मूल्यवान् र सार्थक छ भनेर कसैले भनेन ।
भित्र प्रवेश गर्ने क्रियाको ज्ञान केवल सद्गुरुको माध्यमबाट मात्र प्राप्त हुन सक्तछ । गुरुले नै हात समातेर तिम्रो जीवनमा ध्यानको प्रक्रियामा एक आवश्यक र अनिवार्य तत्व हो भनेर सम्झाउन सक्तछन् । ध्यानको तात्पर्य हो– निश्छल, निर्विकार भावले एक ठाउमा बस्नु । प्रातःकाल, सायंकाल वा कुनै समय होस् । यसका लागि सूर्योदयको समय सबभन्दा उपयुक्त रहन्छ । किनभने त्यतिबेला कोलाहल कम हुन्छ, होहल्ला कम हुन्छ ।
शान्त चित्त र निर्विकार भावले बस्ने, आखा बन्द गरेर विस्तार–विस्तार बाहिरी समाजसग सम्बन्ध तोडिदिने, मनमा कुनै प्रकारको विचार नल्याउने, भित्र प्रवेश गर्ने, प्रारम्भमा सफलता नमिल्ला, कुनै अनुभूति नहुन सक्ला । शान्त भावले बस्ने– पाच, १०, २५ मिनेट, ४० मिनेट । निरन्तर १५ मिनेट यस्तो अभ्यास गर्ने, कुनै विचार नगर्ने कुनै चिन्तन नगर्ने, तर्क–कुतर्क पैदा नहोस् केवल बसिरहने मात्र–यसरी निरन्तर बसिरहने क्रिया केही दिनपछि ध्यानमा परिवर्तित हुन्छ । बाहिरी संसारबाट विस्तार विस्तार भित्र प्रवेश गरेपछि त्यो स्थान जहा यो देहको भित्र प्राण देह छ, त्यहा पुगिन्छ, त्यो देह जसको बाहिरी देहसग सम्बन्ध छैन । बाहिरी देहसग ‘कटअफ’ हुनासाथ समाजले हामीमाथि कुनै व्याघात उत्पन्न गर्न सक्तैन । ३० दिनपछि प्राण देहमा पुग्ने क्रिया सम्पन्न भयो, जो अगाडिको स्टेज हो, ध्यानको एक महत्वपूर्ण क्षण हो ।
प्राण देहपछि यसै प्रकार अभ्यास गरिरहने, बिल्कुल निर्विकार भावले बसिरहने हो भने हजारौ माइल तल पुग्न सकिन्छ । शरीर केवल चार फिट, पाच फिट या ६ फिटको मात्र होइन, यस शरीरभित्र ५० औ माइलको गहिराइ छ । त्यो गहिराइमा जति धेरै तल पुग्न सक्यो त्यति नै असीम आनन्दको अनुभूति भइरहन्छ । यसरी भित्र जाने क्रिया शान्त भावले बस्ने प्रक्रिया हो, जब प्राण देहबाट अगाडि बढिन्छ तब तिम्रा सामु एक सूक्ष्म देह उपस्थित हुन्छ, त्यो प्राण देहभन्दा पनि ज्यादै सूक्ष्म छ ।
सूक्ष्म देहको तात्पर्य हो सम्पूर्ण ब्रह्माण्डसग तिम्रो सम्पर्क स्थापित हुनु । यो ध्यान योगको प्रक्रियाबाट जहा बाहिर ‘कटअफ’ हुन्छ त्यही भित्रको सारा ब्रह्माण्डसग जोडिन पुगिन्छ । सारा ब्रह्माण्ड तिम्रा सामु साकार हुन जान्छ । तिमी देख्न थाल्छौ– संसारमा के–के घटित भइरहेको छ, अनेक दृश्य तिम्रा सामु स्पष्ट हुन थाल्दछन् । एक प्रकारले हेर्ने हो भने तिमी स्वयं द्रष्टा बन्न जानेछौ, सारा प्रकृति तिम्रा अगाडि साकार हुन थाल्दछ । यो सूक्ष्म देहको माध्यमबाट सम्भव छ । तिमी स्थान विशेषसग सम्बन्धित रहने छैनौ पूरा संसार तिम्रा सामु खुला किताबसरह स्पष्ट हुनेछ । तिमी आङ्खनै आखाले देख्न सक्छौ, त्यो अन्तर्चक्षुले, त्यो आत्मचक्षुले । यो सूक्ष्म देह ध्यानको प्रक्रियाको पहिलो चरण हो ।
ध्यानको प्रक्रियाको यसभन्दा पछिको चरण ब्रह्म देह हो । ब्रह्म देहको तात्पर्य हो, हामी स्वयं ब्रह्ममय बन्नेछाै, आफसेआफ त्यो ब्रह्मबाट साकार स्थिति स्पष्ट हुन थाल्दछ, समस्त ब्रह्माण्ड ब्रह्मको पर्याय हो । यो समस्त विश्व होइन, यस्तो विश्व त करोडौ छ यस ब्रह्माण्डमा । जब ध्यान योगको माध्यमबाट तिमी ब्रह्म देहसम्म पुग्छौ त्यो पूरा ब्रह्माण्ड आङ्खनो आखाले हेर्ने प्रक्रिया सुरु हुन थाल्नेछ । तिमीसग केवल एउटै मात्र देह छैन, यो देहको भित्र दोस्रो, तेस्रो र चौथो देह पनि छ । त्यो देहसम्म पुगेपछि तिमी केवल विश्वको कुनै कुनामा मात्र होइन ब्रह्माण्डको कुनै पनि कुनामा आङ्खनो सूक्ष्म देहको माध्यमबाट पुग्न सक्नेछौ, देख्न सक्नेछौ, अनुभव गर्न सक्नेछौ । व्याघात उत्पन्न गर्न सक्नेछौ, हस्तक्ष्प गर्न सक्नेछौ । ब्रह्माण्डको कुनै पनि स्थानमा गएर आउन सक्नेछौ । यो देहलाई सूक्ष्म देहमा परिवर्तन गर्न सक्नेछौ, सूक्ष्म देहलाई यो पूर्ण देहमा बदल्न सक्नेछौ ।
वास्तवमा ब्रह्म देह विशाल आनन्दको सागर हो, समुद्र हो जहा आनन्दबाहेक केही छदैछैन, पूरा ब्रह्माण्ड मेरो भित्र सामिहत छ, किनभने म नै ब्रह्म हु । जहा ब्रह्म छ, त्यहा ब्रह्माण्ड छ । यस जीवनको होइन, यस विश्वको होइन, सूर्यलोक, चन्द्रलोक, तारालोक, नक्षत्रलोक, इन्द्रलोक जति पनि लोक छन् ती सबका हलचल, तिनका घटना मेरो भित्र समाहित छ, म ती सबै देख्न सक्तछु, त्यहा पुग्न सक्छु, फर्केर आउन सक्छु । जो ध्यानयोग प्रक्रियामा जान्छ, त्यसलाई यस्तो स्थिति प्राप्त हुन्छ, यस्तो स्थिति प्राप्त गरिसकेपछि उसलाई असीम आनन्दको अनुभूति हुन्छ ।
अनुवादः शिव ढकाल
(‘निखिल मन्त्र विज्ञान’ किताबबाट)

प्रतिक्रिया