सहकारीद्वारा ३६ करोडको जुनार उत्पादन

काठमाडौं, ७ वैशाख । चालु आवमा विभिन्न सहकारीले ३६ करोड रुपियाँभन्दा बढीको जुनार उत्पादन गरेका छन् ।
सिन्धुली र रामेछापका ३५ जुनार उत्पादक सहकारीले १६ हजार पाँच सय मेटि्रक टन जुनार उत्पादन गरेका थिए । ती जुनारको बजारमूल्य  ३६ करोड रुपियाँ हुन आउँछ । ‘चालु आवमा उत्पादन  १५ प्रतिशतले वृद्धि भएको छ’ जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपक कोइरालाले भने, ‘उचित मौसम, समयको वर्षा र जुनारको दाना लाग्ने समयमा असिना नपरेकाले उत्पादनमा वृद्धि भएको हो’ ।
उनका अनुसार चालु आवमा सङ्घले सिन्धुलीबाट नौ हजार पाँच सय मेटि्रक टन जुनारबाट करिब २१ करोड रुपियाँ आर्जन गरेको छ । रामेछापबाट सात हजार पाँच सय मेटि्रक टन जुनार बिक्रीबाट १५ करोड रुपियाँको कारोबार भएको पनि कोइरालाले बताए ।
गत आवमा सिन्धुलीमा आठ हजार ६ सय मेटि्रक टन र रामेछापमा सात हजार ६ सय मेटि्रक टन उत्पादन भएको थियो । कारोबार भने २७ करोड रुपियाँ  रहेको कोइरालाले जानकारी दिए । संघका अनुसार सिन्धुलीका ३६ गाविसको एक हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिँदैआएको छ । सिन्धुलीका तीन हजारभन्दा बढी घरपरिवार जुनार खेतीमा आबद्ध छन् ।
त्यसैगरी रामेछापमा एक हजार ८० हेक्टर क्षेत्रफलमा जुनार खेती हुने गरेको छ । हालसम्म सिन्धुलीमा एक जुनार जिल्ला सहकारी संघ, २६ वटा सहकारी  र रामेछापमा नौवटा जुनार उत्पादक सहकारी स्थापना भएको संघले जनाएको छ । सिन्धुलीमा पाँच सय मेटि्रक टन क्षमताको कोल्ड स्टोरेज  छ ।
उत्पादित जुनार काठमाडौं, धनुषा, महेत्तरी, सर्लाही, पोखरा, विराटनगर, सिरहालगायतका मुख्य मुख्य सहरमा पुग्ने गरेको छ । जुनारलाई चिस्यान केन्द्रमा राखी बेमौसममा केन्द्रीय संघले बिक्री गर्छ । जुनार विशेष गरेर उष्ण्ाप्रदेशीय हावापानी भएको मध्यपहाडी भागको समुद्री सतहबाट आठ सयदेखि एक हजार तीन सय मिटरसम्मको उचाइमा हुने प्राविधिक बताउँछन् ।
जुनार केन्द्रीय सहकारी संघ र उद्योग वाण्ािज्य महासंघको संयुक्त लगानीमा जुनार प्रशोधन उद्योग स्थापना भइरहेको  केन्द्रीय सहकारी संघले जनाएको छ । पाँच करोड रुपियाँको लागतमा खोल्न लागिएको उद्योेग पाँच हजार मेटि्रक टन  क्षमताको हुने पनि संघले दाबी गरेको छ । यसमा सरकारको एक करोड अनुदान र चार करोड उद्योग वाणिज्य महासंघ र केन्द्रीय सहकारी संघले लगानी गर्ने भएको छ ।
उद्योगको शिल्ाान्यास भैसकेको र निर्माण असारदेखि हुने उनले बताए । हाल रामेछाप र सिन्धुलीका जुनारबाट वार्षर्िक करिब तीन हजार लिटर म्यानुअल मेसिनबाट जुस उत्पादन भइरहेको छ । सहकारीबाटै अन्तराष्ट्रिय मापदण्डअनुसारको जुनार उत्पादन  भइरहेको कोइराला बताउँछन् ।
संघले अन्तर्राष्ट्रिय मापदण्डको जुनार उत्पादन गर्नका लागि सिन्धुलीको बासेश्वर, जलकन्यालगायतका चार गाविस र रामेछापका केही गाविसमा खेती गरेको छ । नेपालमा जुनारको सम्भावना धेरै भएकाले किसानलाई यस खेतीमा आकर्षर्ित गराउने जेटिए तथा ग्रामीण्ा कृष िकार्यकर्ताको परिचालन गरिनुपर्ने पनि कोइराला बताउँछन् । सहकारीको माध्यमबाट जुनार खेतीको विस्तार सुरु गरिएदेखि उत्पादन वृद्धि हुँदं आएको छ । संघका अनुसार सिन्धुली र रामेछाप जुनार खेतीका लागि प्रख्यात जिल्ला हुन् । धादिङ, काभ्रे , दोलखा, धनकुटा, सुर्खेत तथा गोरखामा पनि जुनारको व्यावसायिक खेती सुरु भएको छ ।

प्रतिक्रिया