विद्यार्थी सेलिब्रिलाई पढाईको चटारो

कलाक्षेत्रमा स्थापित हुने प्यास बोकेर रंगीन दुनियामा प्रवेश गर्नेहरूको बढीजसो समय स्टेज कार्यक्रम अनि अभिनयका लागि धाउदैमा बित्छ । अभिनय तथा गायनका साधनाहरूमा तल्लीन हुनुपर्ने उनीहरूलाई अर्को पनि चटारो हुन्छ, शैक्षिक अध्ययनको । एक समय नेपाली कलाक्षेत्रलाई आरोप लाग्थ्यो– यो क्षेत्रमा नपढेकाहरूको जमघट छ । अथवा, पढ्नका दुःखले कलाकार बन्ने गरेको आरोप लगाउथे मानिसहरू । कलाक्षेत्रमा स्थापित भइसकेपछि अब मलाई किन पढिरहनुपर्‍यो र भन्ने मनोविज्ञानले सेलिब्रिटीमा जरो गाडेजस्तो लाग्थ्यो । यही कारण मुलुकको औपचारिक शिक्षालाई योग्यताको उचाइसम्मै पुर्‍याएका कलाकर्मी हातले गन्न सकिने मात्र हुन्थे । प्रमाणपत्र तह पास गरेका वा स्नातक पढ्दै गरेका कलाकार मात्रै पनि ‘पढेका’ मानिन्थे । सायद यसै कारण कलाक्षेत्रमा लाग्नुलाई ‘बिग्रनु’ भन्थे अभिभावकहरू ।
तर, अब त्यस्तो छैन । शैक्षिक योग्यताको महत्वलाई बुझेका नवप्रवेशीले नेपाली कलाक्षेत्रलाई थप बौद्धिक बनाउदै लगेका छन् । उनीहरूले बुझेका छन्– शैक्षिक योग्यतालाई टुंगोसम्मै पुर्‍याउनु बाध्यता मात्र नभएर अहिलेको महत्वपूर्ण आवश्यकता पनि हो । यो आवश्यकताबीच भर्खरै कलाक्षेत्रमा छिरेर स्थापित हुने लय पक्रदै गरेका नवसेलिब्रिटीलाई अध्ययनको समय म्यानेज गर्न हम्मेहम्मे परिरहेको देखिन्छ । चलचित्र दुलही रानीमार्फत भर्खरै चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका रागिनी खड्गी यसमा सहमत छिन् । भर्खर २१ वर्ष टेकेकी उनी समाजशास्त्र विषय लिएर मास्टर्स फस्ट इयरमा अध्ययन गर्दिरहिछन् । भन्छिन्– ‘अभिनय अनि चलचित्रको पब्लिसिटीमा हिड्दा पढाइमा निकै बाधा पुगेको छ ।’  पिता द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी उनलाई बिनाअध्ययन अभिनयमा पनि सफलता नमिल्ने भएकाले पढाइ पूरा गरेर मात्र अभिनयमा लाग्न सुझाब दिने गर्छन् रे † भन्छिन्– ‘बाबा सधै म अध्ययनमा सफल भएको हेर्न चाहनुहुन्छ । त्यसैले मास्टर्स सकेर मात्र यतातिर लाग्दा राम्रो हुन्छ भन्नुहुन्छ ।’ अभिनयमा लाग्नुअगाडि जति राम्रो रिजल्ट आउथ्यो, अबको रिजल्ट त्यति राम्रो नहुने हो कि भन्ने चिन्ताले पनि सताउदो रहेछ उनलाई । त्यसैले चलचित्रमा अभिनय गर्दा पाठ्यपुस्तक पनि साथै लैजादी रहिछन् । सुनाइन्– ‘अभिनयबाट फ्री हुदा लगातार कलेज गइरहन्छु । छुटेका पाठ साथीहरूस“ग सोधेर कभर गर्छु ।’ त्यसो त त्रिभुवन विश्वविद्यालयमा कलेज नजाने विद्यार्थी अरू पनि हुने भएकाले शिक्षकहरूले को आयो, को आएन भनेर त्यति ध्यान नदिने गरेको उनले बताइन् ।
गायिका रजिना रिमालको हालत पनि लगभग रागिनीकै जस्तो छ । तैपनि सकेसम्म गायन अनि कार्यक्रमहरूले अप्ठ्यारो नपारुन् भनेर बिहानको कलेज भर्ना भएकी रहिछन् । यी १९ वर्षीया गायिका ब्याचलर फस्ट इयरमा पढ्दै छिन् । तैपनि कहिलेकाही कन्सर्टहरूका कारण कलेज जानै भ्याउदिनन् । ‘त्यस्तो बेलामा शिक्षक अनि साथीहरूको सहयोगले त्यसलाई पूर्णता दिने गरेकी छु’ –उनले सुनाइन् । पहिलो गीत रेकर्ड गराउदा उनी ११ वर्षकी मात्र थिइन् रे † त्यति बेलाचाहि पढाइमा अप्ठ्यारै परेको उनले सुनाइन् । ‘तर अहिले गायनसगै पढाइ पनि राम्रै नै हुदै गइरहेको छ, करियर र अध्ययन दुवै एकअर्काका परिपूरक हुन्, त्यसैले २० मिनेटको कार्यक्रममा कतै बिजी हुनुपरे पनि पुस्तक भने साथमा लगेकै हुन्छु ।’
त्यसै गरी गायिका आस्था बी गायन र अध्ययनमध्ये प्राथमिकताका आधारमा एउटा रोज्न परे अध्ययन नै छान्ने बताउ“छिन् । १९ वर्षीया आस्था ब्याचलर फस्ट इयरमा भर्ना भएकी रहिछन् । भन्छिन्– ‘गायन मेरो प्यासन हो, पढाइचाहि मुख्य प्रायोरिटी । अध्ययन पूरा गरिसकेपछि मात्र गायन मेरा लागि मुख्य प्रायोरिटी बन्न सक्छ ।’  उनले थपिन्– ‘गायनसगै पढाइ होइन कि पढाइसगै गायनको मान्यतामा छु ।’ आस्थालाई माग गर्ने कन्सर्ट थुप्रै हुन्छन् हिजोआज । तर, उनी ती कन्सर्टमा मात्र पुग्दी रहिछन्, जसले उनको दैनिक अध्ययनलाई असर गर्दैनन् । ‘एक समय उपत्यकाबाहिरका कन्सर्टमा जा“दा पढाइमा निकै बाधा पुगेको महसुस भयो, रिजल्ट केही खस्किएको थियो । त्यसैले अहिले त उपत्यकाका कन्सर्ट, ती पनि पढाइलाई प्रभावित नगर्ने समयमा हुन्छन् भने मात्र जाने गर्छु ।’ उनका अनुसार यही समय र यति घन्टा भनेर नछुट्याए पनि घरमा बस्दा पढिरहेकै हुन्छिन् । बरु संगीतको रियाजकै लागि भनेर कुनै समय छुट्याएकी छैनन् । तीन–चार दिनमा एकपटक रियाज गर्छिन् रे † अकाउन्ट विषय उनलाई गाह् लाग्दो रहेछ । त्यसमै बढी समय पनि लगाइरहेकी हुन्छिन् । पढाइको यही महत्वलाई बुझेर मेहनत गरिरहेकै कारण गायनमा लागिसकेपछि पनि आङ्खनो अध्ययनमा असर नपरेको उनले सुनाइन् । उनले सुझाब दिइन्– ‘संगीतमा स्थापित भइसकेपछि पढाइ चाहिदैन भन्ने मान्यता सबैले त्याग्नुपर्छ । किनकि जुनसुकै क्षेत्रमा लागे पनि आत्मविश्वास बलियो हुनुपर्छ, अध्ययनले त्यो दिन्छ । आफूले काम गर्ने क्षेत्रमा मात्रै ध्यान दिदा त्यही क्षेत्रका कुरा मात्र थाहा हुन्छ । तर, औपचारिक अध्ययनले अरू विभिन्न विषयबारे आधारभूत ज्ञान दिइरहेको हुन्छ, जुन भविष्यसम्मै काम लाग्छ ।’

प्रतिक्रिया