विश्व विद्यालय सार्न विवाद चर्कियो

विराटनगर, ४ वैशाख । पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमै राख्ने की उत्तर गोठगाउँमा सार्ने भन्ने विषयमा विवाद चर्किएको छ ।

केन्द्रीय कार्यालय सार्न लागेको भन्दै मधेशी वुद्धिजीवीहरुले आजदेखी चरणवद्ध आन्दोलन थालेपछि विवाद चर्किएको हो । कार्यालय नर्सान भन्दै सहपरिक्षा नियन्त्रक जितेन्द्र नारायण यादवले आन्दोलनको नेतृत्व गरेका छन ।

उनीहरुले विराटनगर, रोडशेष चौकमा रहेको कार्यालय परिसरमा नारावाजी गर्दै दुई घण्टा समेत दिएका छन् ।

कार्यालय विराटनगरदेखी ४०  किलोमिटर उत्तरमा पर्ने  मोरङकै गोठगाउमा सार्न निर्णय भएपछि यादव सहितकाले बिरोध जनाएका हुन् ।

प्रतिक्रिया