मनाङ र एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं, ३ वैशाख । सशस्त्र प्रहरीको एपिएफ क्लब र मनाङ-मस्र्याङदी क्लब आइतबार बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा एपिएफले बाँसबारी क्लबलाई ५-१ ले पराजित गर्‍यो भने दुईपटकको उपविजेता मनाङ-मस्र्याङदीले सरस्वती क्बललाई २-० ले हराएको हो ।  मनाङले जित हात पार्ने क्रममा दुवै गोल सुरुआती १४ मिनेटभित्रै गरेको थियो । कालु थापाको पासमा विपक्षी रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुलभ मास्केले चौथो मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा अनिल गुरुङले डिबक्सभित्रबाट शक्तिशाली ड्राइभ गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
सविन्द्र श्रेष्ठ र नवीन न्यौपानेको उपस्थितिमा थप बलियो बनेको मनाङ-मस्र्याङदी क्लब सुरुआतदेखि नै प्रभावी थियो । पहिलो गोल गरेका मास्के नै खेलका म्यान अफ द म्याच घोषित भए ।
एपिएएफलाई जित दिलाउने क्रममा बैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका रन्जन विस्टका साथै मिलन राई,  सन्तोष श्रेष्ठ, अर्जुन सुब्बा र गणेश लावतीले थप गोल गरे । बाँसबारीका पुकार आलेले गोल गरे । अनफिट रहेको मध्यपंक्तिका कारण बारम्बार दबाब खेपेको बाँसबारीका गोलरक्षक र रक्षकले पनि त्यत्तिकै गल्ती गरे । आठौं मिनेटमा बाँसबारीका गोलरक्षक मनीष तिमल्सिना गोलपोस्ट छाडेर अघि बढेको मौकामा सन्तोष श्रेष्ठले खाली पोस्टमा गोल गरे । ३५औं मिनेटमा गणेश लावतीले खाली पोस्टमा प्रहार गरेको बल बाँसबारीका रक्षकले राम्रोसँग क्लियर गर्न नसकेपछि अर्जुनले गोल गरे ।
७०औं मिनेटमा मिलन राईको सानदार क्रसमा गणेश लावतीले गोल गरे । ८०औं मिनेटमा एपिएफका सबैभन्दा महत्त्वपूर्ण खेलाडी कुमार थापाको पासमा रन्जनले गोल गरे । रन्जन ६३औं मिनेटमा सन्तोषको स्थानमा मैदानमा प्रवेश गरेका थिए । ८६आं मिनेटमा बाँसबारीका लागि ८६औं मिनेटमा एपिएफका तीन रक्षक कटाउँदै आकर्षक फिनिसिङको नमुना देखाउँदै गोल गरे । अन्तिम मिनेटमा मिलनले २० यार्ड टाढाबाट सानदार गोल गर्दै आफ्नो टोलीको जित थप निश्चित गरे ।
आइतबार भएको दोस्रो खेलमा भने सुरुआतमै अग्रता लिएको मनाङले दोस्रो हाफमा प्रदर्शनलाई निरन्तरता दिन सकेन । दोस्रो हाफमा मनाङ यदाकदा गोलको नजिक पुगे पनि सरस्वतीका गोलरक्षक अशोक बरालले ती सबै संकट टारे ।
५५औं मिनेटमा शिव श्रेष्ठले डिबक्सबाट गरेको आकर्षक प्रहारलाई  बचाएका अशोकले ६९औं मिनेटमा मनाङका टिनएजर मिडफिल्डर राम थापाको प्रहारलाई पनि त्यसैगरी बचाए । पहिलो हाफमा पनि अशोकले केही राम्रो बचाउ नगरेका होइनन् । २३औं मिनेटमा उनले अनिल गुरुङको प्रहार बचाएका थिए ।

संकटाले छुटायो खेलाडी
काठमाडौं : डयुटीमा तैनाथ प्रहरीसँग दुव्र्यहार गरेको आरोपमा शनिबार दशरथ रंगशालाबाट पक्राउ परेका दुई अपि|mकी खेलाडी संकटा क्लबको रोहवरमा आइतबार मुक्त भएका छन् । अघिल्लो दिन पक्राउ परेका ती दुवै खेलाडी आफ्ना नभएको दाबी गरेको संकटाका प्रशिक्षक श्याम माली नै उनीहरूलाई मुक्त गर्न कालीमाटी प्रहरी वृत्त पुगेका थिए ।
संकटा क्लबको अनुरोध र पक्राउ परेका दुव्ौ खेलाडीले लिखित रूपमा क्षमायाचना गरेपछि उनीहरूलाई मुक्त गरिएको हनुमानढोका प्रहरीपरिसर प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले अपि|mकन खेलाडी डानी मेम्बो र डेभिड जेम्सलाई पक्राउ गरेको थियो । शनिबार ती खेलाडी आफ्नो नभएको बताएका संकटाका म्यानेजर जुजुमान डंगोलले आइतबार भने उनीहरू दुवैजना संकटाको प्रशिक्षणमा मात्र सहभागी भएको बताए ।
‘टँडिखेलमा भइरहेको  हाम्रो ट्रेनिङमा उनीहरू पनि आउँथे,’ डंगोलले भने । अनुबन्धनका विषयमा उनीहरूसँग कुराकानी जारी रहेको पनि डंगोलले जानकारी दिए । -सौस)

प्रतिक्रिया