समग्र मधेस प्रदेश छोडेकै छैनः यादव

काठमाडौं, २ वैशाख । समग्र मधेस एक प्रदेशमा उत्तम विकल्प आए पुनः विचार गर्न सकिने अभिव्यक्ति दिएर विवादमा तानिएका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मधेस एक प्रदेशको मुद्धा आफूले नछोडेको स्पष्टिकरण दिएका छन् ।

फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष समेत रहेका मन्त्री यादवले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा शान्ति र संविधानका लागि विद्धानहरुले समग्र मधेस एक प्रदेशमा उत्तम विकल्प ल्याए पुनः विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए ।

राजधानीमा आज सञ्चारकर्मीसंगको कुराकानीमा मन्त्री यादवले समग्र मधेस एक प्रदेश नछोडेको दाबी गरे । उनले भने, ‘मैले समग्र मधेस एक प्रदेशको कुरा छोड्ने त कुरै आउदैन ।’

आफनै पार्टी र बाहिरबाट समेत मन्त्री यादवको अभिव्यक्तिलाई लिएर चर्को बिरोध समेत भएको छ ।

मन्त्री यादवको सो अभिव्यक्तिका बिषयमा शुक्रवार बसेको मधेसी मोर्चाको वैठकमा समेत चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया