‘पोर्न स्टार’ नभन


अभिनेताबाट निर्माता बनेका डिनो मोरियाले ‘जिस्म २’ मा अभिनेत्री सन्नी लियोनलाई लिएपछि उनीहरुबीचको आत्मीयता असाध्यै बढेको छ । भारतीय मूलकी क्यानाडाली नागरिक सन्नी ब्लु फिल्म खेलेर सनसनी मच्चाएकी अभिनेत्री हुन् । सन्नीसँग डिनो अहिले यति नजिकिएका छन् कि कसैले सन्नीलाई ‘पोर्न स्टार’ भनेको सुन्दा उनको मन दुख्छ । तर, सन्नी स्वयंलाई भने यसको कुनै वास्ता छैन ।
”जिस्म २’ मा सन्नीले अभिनय गर्ने भएपछि यसले ठूलो चर्चा पाएको छ । ब्लु फिल्म खेलेकै कारण यहाँ उनको चर्चा भएजस्तो लाग्छ । तर, ब्लु फिल्ममा अभिनय गरेर उनले केही गल्ती गरेकी छैनन् । उनको राष्ट्रमा ब्लु फिल्ममा खेल्नु गैरकानुनी काम होइन,’ उनले भने । यति भनिरहँदा संयम रहेका डिनोले एक्कासि भने, ”पोर्न स्टार’ को उपाधि उसलाई नभिराऊँ । ऊ सुन्दर युवती हुन् । अहिले उनी बलिउडमा जम्न कडा मिहिनेत गरिरहेकी छन् ।’ सन्नीको व्यक्तित्वले जो कोहीलाई प्रेममा पार्ने भन्नसमेत उनी पछि परेनन् । यद्यपि, उनले आफू सन्नीको प्रेममा परे/नपरेकोबारे भने केही भनेनन् । ‘जिस्म २’ को निर्माणमा डिनोलाई अभिनेत्री पूजा भट्टले साथ लिएका छन् । सन्नीसहित उनले पूजाको पनि मुक्तकण्ठले प्रशंसा गरे । ‘पूजाप्रति मेरो भरोसा छ । फिल्म निर्माणका धेरै पक्षबारे मैले उनीसँग सिक्ने मौका पाइरहेको छु,’ उनले भने ।

प्रतिक्रिया