एसी मिलान र बार्सा बराबरीमा

पेरिस, १६ चैत । बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगअन्तर्गत बुधबार राति भएको खेलमा ओलम्पिक मार्सेइलाई २-० ले पराजित गरेको छ ।
साविक विजेता बार्सिलोना भने एसी मिलानविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकियो । ६२ प्रतिशत बल प्रोसेसनका बाबजुद बार्सिलोना ३० महिनामा पहिलोपटक गोल गर्न असफल भएको हो । सन् २००९ मा रुबिन काजानसँग गोलरहित बराबरी गरेयता बार्सिलोनाले कुनै पनि च्याम्पियन्स लिग खेलमा गोल नगरेको यो नै पहिलोपटक हो । गोलरहित बराबरीले लाभ भने मिलानलाई भएको छ । बार्सिलोनाले ‘अवे’ गोल नगरेपछि अर्को साता बार्सिलोनाको गृहमैदान नोउक्याम्पमा हुने खेलमा बराबरी मात्र गरे पनि मिलानका लागि बाटो खुला हुनेछ ।
प|mान्समा भएको खेलमा म्युनिखलाई जित दिलाउने क्रममा मारियो गोमेजले ४४अै मिनेटमा गोल गरे । उनले यस सत्रको च्याम्पियन्स लिगमा मेसीभन्दा केवल एक कम ११ गोल गरेका छन् । म्युनिखका आर्जेन रुबेनले ६९आंै मिनेटमा गोल गरे । गोमेजलाई रुबेनले नै पहिलो गोलका लागि सहज अवसर उपलब्ध गराइदिएका थिए । पछिल्ला पाँच खेलमा म्युनिखले २२ गोल गरिसकेको छ । सन् १९९३ को विजेता मार्सेईले घरेलु भूमिमा पनि खासै प्रभावकारी आक्रमण गर्न सकेन ।

प्रतिक्रिया