रेस्टुरेन्टको बिल नै १० हजार तिरें

दमन रुपाखेती, हास्य अभिनेता

म २१ वर्षको हुदा पहिलोचोटि डेटिङ गएको थिए । तर, त्यो त्यति उपलब्धिमूलक भएन । कार्यक्रम एवं चलचित्रका लागि जाने क्रममा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चारै स्थानमा मेरा प्रेमिका थिए । कुनै दिगो भएनन् ।
तर, नौ वर्षअगाडि पुतलीसडकमा भएको एउटा डेटिङ मेरा लागि महŒवपूर्ण साबित भयो । २०५९ साल फागुन महिना । बाहिरी वातावरणमा हावाहुरी थियो, सिमसिम पानीले माहोललाई रोमान्टिक बनाइरहेको थियो । रेस्टुरेन्टको टेबुलमा एकापट्टि उनी (दमन्ता) थिइन्, अर्कापट्टि म  । उनी मलाई हेरिरहेकी थिइन्, म उनलाई । सुरुको निकै समय हेराहेरमै बित्यो । त्यहा“ हामीले करिब २ घन्टा ३३ मिनेटजति बितायौ ।  म कलाकारिताको छविसगै मनभित्र प्रेमपालुवा बोकेर उनका अगाडि पुगेको थिए । उनी पनि मेरो कलाकारिता देखेरै मोहित भएकी थिइन् । उनी मेरो एकदमै ठूलो ङ्खयान रहिछन् । पुतलीसडक नजिकै नेपाल कल्चर सेन्टर थियो । त्यहा उनी पनि क्लास लिन आउ थिन् रे । मलाई भेट्ने रहर लामै समयदेखि पालेकी रहिछन् । साथीहरूले ‘दमन्ता’ नाम गरेकी केटी हाम्रो कल्चरमा आउने गरेको सुनाउथे । म पनि उनलाई भेट्न उत्सुक थिए । दुवैको उत्सुकता भएपछि कल्चरमै हाम्रो भेट भई पनि हाल्यो । त्यति बेलाको उनको एक्साइटेड स्वर नै मलाई मायालु लागेको थियो– ‘ओहो…तपाईं नै हो, कलाकार दमन रूपाखेती †’ मैले पनि सोधे– ‘तपाईं नै हो दमन्ता ।’ मैले कल्चरछेवैको त्यो रेस्टुरेन्टमा बसेर गफ गरौ भने । उनले साथीहरू पनि बोलाइन् । खाने कुरा मगाएर खाइयो । केही छिन बसेपछि साथीहरूले कुरा बुझेछन्, ‘तपाईंहरू गफ गर्दै गर्नुस्, हामी एक छिन बाहिर जान्छौ’ भनेर रेस्टुरेन्टबाट निस्किए । कुरा सुरु गर्नु त परी नै
हाल्यो । म उनलाई साहित्यिक प्रेममय टिप्सहरू सुनाउन थाले ।
‘हामी सम्झौतामा अगाडि बढ्नुपर्छ, अन्यथा हाम्रो जीवनको रथ अगाडि बढ्न गाह्रो हुन्छ, अहिले नै डिभोर्स हुन सक्छ ।’ उनले मलाई यसो भनेको अझै याद छ । म पनि के कम ?  भनिहाले“– ‘तिमीले पनि मेरो कलाकारितालाई बुझ्नुपर्छ, म पनि तिम्रो पेसा बुझ्नेछु ।’ पहिलो डेटिङमै हामीबीच दह्रिलो सम्झौता भयो । मनभित्रै पलाइरहेको प्रेमले द्विपक्षीय सम्बन्धको गन्तव्य भेटिसकेको थियो ।  केही पाउनलाई केही गुमाउनु त पर्दोरहेछ । त्यति बेलाको समयमा मैले रेस्टुरेन्टको बिल नै दस हजार रुपिया तिरेको थिए  ।
हाम्रो सेक्स सम्बन्ध भने बिहेपछि नै भएको हो । डेटिङमै पनि अलिअलि चाहना नपलाएको त होइन, तैपनि धैर्य गर्नुपर्छ भन्ने थाहा थियो । २०६५ साल फागुन २९ गते हामी विवाहसम्बन्धमा बाधिएका हौ । पहिलो डेटिङको अनुभवसग भूत, भविष्य र वर्तमान जोडिएको छ । सदासदा उनी मेरी, अर्को जुनीमा पनि उनै मेरी । यस्तो मीठो अनुभूति मलाई त्यही पहिलो डेटिङले नै दिलाएको हो । अहिले त्यो डेटिङको प्रतीकस्वरूप हाम्रो एउटा हेन्डसम छोरा छ । उनको साथले म आज आकाशमा उडिरहेको अनुभूति गरिरहेछु ।
प्रस्तुतिः विशाल

प्रतिक्रिया