‘दिलमा सजाएँ’ दोस्रो सातामा

काठमाडौः कलेज लाइफमा युवायुवतीबीच हुने प्रेमसम्बन्ध र आइपर्ने घटनालाई प्रमुख विषयवस्तु बनाइएको चलचित्र दिलमा सजाएँ तिमीलाई काठमाडौं उपत्यकाबाहिर प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता केही हलमा मात्र प्रदर्शन गरिएको चलचित्र अब उपत्यकाबाहिरका मुख्य स्टेसन दमक, नारायणघाट, पोखरा, बिर्तामोडलगायत स्थानबाट प्रदर्शनमा आएको प्रस्तुतकर्ता राजु अधिकारीले बताएका छन् । आयुष रिजाल, युना उप्रेती, अमिर गौतम, दिनेश शर्मा, गणेश उप्रेती, जेएन घिमिरेलगायत कलाकारको अभिनय रहेको चलचित्रमा द्वन्द्व-निर्देशन रामजनकले गरेका छन् भने नृत्य-निर्देशन शिव शर्मा, छायांकन महेन्द्र थापा, संगीत वसन्त सापकोटा र व्यवस्थापन कृष्ण कोइरालाको रहेको छ । आशुतोष फिल्म्स प्रालिको ब्यानरमा नीरज घिमिरेले निर्देशन गरेको यो चलचित्र यसअघि बेल्जियममा प्रदर्शन गरिएको प्रस्तुतकर्ता अधिकारीले बताए । चलचित्रको शीर्षगीत दिलमा सजाएँ तिमीलाई यतिखेर चर्चामा छ । काठमाडौं उपत्यकामा पनि छिट्टै प्रदर्शन हुने प्रस्तुतकर्ता अधिकारीले बताएका छन् ।

प्रतिक्रिया