आइओसीसँग पाँच वर्षे सम्झौता

काठमाडौं, १५ चैत । भारतीय आयल कर्पोरेसन (आइओसी) सग भएको पेट्रोलियम खरिद सम्झौता पाच वर्षका लागि नवीकरण गर्ने सहमति भएको छ ।
आइओसीका प्रतिनिधि र सरकारी अधिकारीबीच दुई दिनसम्म भएको छलफलपछि विगतमा भएको सम्झौताका केही विषय संशोधन गरी पाच वर्षका लागि नवीकरण गर्ने सहमति भएको हो ।
नेपाल आयाल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले आइओसीसग थप पा“च वर्षका लागि पेट्रोलियम आयात सम्झौता नवीकरण गर्ने सहमति भएको बताए । उनले यसपटक भएको सहमति नेपालकै हितमा रहेको जनाए । ‘सम्झौताको प्रस्तावित मस्यौदा नेपालकै हितमा छ,’ उनले भने, ‘यसले पेट्रोलियम आयातमा विगतको भन्दा सहजता हुनेछ ।’
आइओसीसग हुने सम्झौतामा विगतको भन्दा लागत खर्च घटाउने सहमति भएको उनले बताए । यसअघि सरकार र संसद्को अर्थ तथा श्रमसमन्वय समितिले दिएको सुझावलाई पनि सम्झौतामा समावेश गरिएको निगमले जनाएको छ । ‘प्रस्तावित मस्यौदामा पेट्रोलियम आपूर्तिलाई थप व्यवस्थित गर्ने तथा सहज आपूर्ति गराउने प्रशस्त आधारहरू राखिएका छन,’ निगम प्रवक्ता ढुंगेलले भने । उनले केही दिनभित्रै औपचारिक रूपमा पेट्रोलियम खरिद सम्झौता हुने जानकारी दिए । नेपाल र भारतीय आयल कर्पोरेसनबीच २००७ मा भएको सो सहमति आगामी ३१ मार्चदेखि सकिदै छ । सम्झौताअवधि सकिन केही दिनमात्र बाकी रहदा  आइओसीका महाप्रबन्धक एमकरण ढिकरसहितको चार सदस्यीय टोली सो विषयमा छलफल गर्न नेपाल आएको थियो ।
नेपालले नया सम्झौतामा आइओसीबाहेक तेस्रो मुलुक वा अन्य कम्पनीबाट पनि तेल आयात गर्न सक्ने विकल्प खुला राख्ने, थोक खरिदकर्ताका रूपमा पाउने सुविधा समेटिनु पर्नेलगायतका प्रस्ताव छलफलमा राखेको थियो । सम्झौतामा भारतीय पक्षले अतिरिक्त शुल्क दुई दशमलव पाच प्रतिशतबाट दाब्बर वृद्धि गरि पाच प्रतिशत पुर्‍याउनुपर्ने, एल्पी ग्यासमा प्रतिटन एक हजार अतिरिक्त शुल्क बढाउनुपर्नेलगायतका प्रस्ताव राखेको निगमले बताएको छ ।
मूल्य वृद्धिविरुद्ध आन्दोलन
काठमाडौं, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा विगतमा भएका सहमति कार्यान्वयन नगरी सरकारले उल्टै फेरि मूल्यवृद्धि गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष माधव ढुङ्गेलले पटक÷पटक सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताका मागको बेवास्ता गरेको बताए । अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले सरकारले जनताका लागि राहतका कार्यक्रम ल्याए पनि व्यवहारमा त्यसको विपरीत काम भएको भन्दै फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले सरकार र १४ विद्यार्थी सङ्गठनबीच विगतमा भएको सहमतिविपरीत सरकार अगाडि बढेको जनाए । विदेशी बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको तथा निगमको घाटा बढ्दै गएको भन्दै नेपाल आयल निगमले मंगलबारदेखि पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको थियो । निगमले मासिक घाटा बढ्दै गएको तथा नगद प्रवाहमा कमी भई आइओसीलाई समयमा भुक्तानी गर्न नसक्दा आपूर्ति प्रभावित भएकाले मूल्य बढाएको जनाएको छ ।

प्रतिक्रिया