बूढो छायामा युवा राजनीति

भनिन्छ, राजनीति अनन्त सम्भावनाको खेल हो । राजनीतिमा चुनौतीसहित नेतृत्वको खुबी र कलाकौशलता मानिन्छ । तर, नेपालको वर्तमान सन्दर्भमा नेतृत्व तहमा मुलुकको संवेदनशीलतालाई शिरोपर गरी स्वतन्त्र निर्णय लिन सक्ने आ“ट र सौर्य देखापरेको छैन । यस अर्थमा मुलुकको भविष्य र लोकतान्त्रिकीकरणको आशा भरोसा युवापुस्ता बन्नुपर्छ । अर्को कुरा नेपाली आन्दोलनमा निर्णायक शक्ति बनेका युवालाई शासनसत्ताको नीतिनिर्माण तहदेखि यसको व्यवस्थापन गर्ने जिम्मेवारी नदिएर देश र जनताको भावनाको सही प्रतिनिधित्व हुन सकेको छैन । यसबाट घोषित लक्ष्य पूरा गर्नका लागि डटेर कार्यक्रमसहित अगाडि बढ्ने समयमा एक–अर्कामा रहिआएको विश्वास र भरोसामा समेत प्रश्नचिह्न लाग्न थालेका छन् । विगत, वर्तमान र भविष्यमा आएका, आउने वा आउन सक्ने राजनीतिक, आर्थिक तथा सामाजिक तमाम चुनौतीलाई मुकाबिला गर्न समय, परिस्थिति र घटनाहरूको अध्ययनका कारण नेपाली युवा सक्षम छन् र यसनिम्ति उनीहरू तयार हुनुपर्छ । नेपाली युवाले अबका दिनमा राजनीतिक भाषण, नाराजुलुस गरेर मात्रै पुग्ने छैन । उनीहरूले यी तमाम चुनौतीस“गै समयले सुम्पिएको जिम्मेवारी पूरा गर्नु पर्नेछ । त्यसैले आउन सक्ने र सतहमा देखिएका आन्तरिक तथा बाह्य  चुनौतीलाई सामना गर्ने क्षमता र कुशलता विकास गर्न नेपाली युवा तयार हुनुपर्छ ।
नेपालको वर्तमान नेतृत्व वर्गले समाजमा उठ्ने विभिन्न कुरा जब मागको रूपमा प्रस्तुत हुन्छन्, ती मागले समाज र राष्ट्रमा के असर पार्छ र पार्नेछ भन्नेबारेमा विचार नै नगरी ‘हुन्छवाद’को सिद्धान्त अ“गालेका कारण ढिलोचा“डो नेपाल बिखण्डनको बाटोतिर जाने खतरा बढेको छ । सामाजिक रूपमा उठ्ने कतिपय मुद्दा तात्कालिक समयमा अत्यन्त आकर्षित र कमजोर नेतृत्वका लागि सस्तो लोकप्रियता कमाउने माध्यम हुन सक्छन् । ती माग पूरा गर्ने नेता जनतासामु त्यतिबेला लोकप्रिय पनि हुन्छन् । यस्ता उदाहरण खासगरी नेपालमा प्रशस्तै पाइएको छ । हो, जनताका प्रतिनिधिले जनताको आवाजलाई ध्यान दिनुपर्छ । त्यसनिम्ति राज्यको नेतृत्वतहमा बस्नेमा व्यवस्थापकीय क्षमता र दूरदर्शी दृष्टिकोण जरुरी हुन्छ । तर, जब नेताले सरकार, पार्टी र स्वयम् आङ्खनो व्यवस्थापकीय क्षमतालाई आ“क्न सकिएन भने सन् १९९० मा रसियाका राष्ट्रपति गोर्वाचोभको जस्तो हालत हुन सक्छ र देश बचाउन सकिन्न । त्यतिखेर गोर्वाचोभले सोभियत संघमा राष्ट्रपतिको हैसियतबाट अगाडि सारेको ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनर्निर्माण)का कार्यक्रम लोकतान्त्रिकीकरणको निम्ति कम महŒवपूर्ण थिएनन् । गोर्वाचोभस“ग सुरक्षाका निम्ति लाखौ“लाख लालसैनिक पनि थिए । गोर्वाचोभ आफै“ जनतास“ग अत्यन्त लोकप्रिय व्यक्तित्व पनि थिए । त्यसमाथि संसारका सारा सञ्चारमाध्यममा गोर्वाचोभ एकछत्र छाएका थिए । विडम्बना, उनको कार्यक्रम लागू गर्दा न सोभियत संघ रह्यो, न गोर्वाचोभ राष्ट्रपतिको कुर्सीमा रहिरहन सके । विश्व इतिहासमा देखापरेको दिक्कलाग्दो÷उदेकलाग्दो यो पीडादायक घटनाबाट कतिले पाठ लिए, कतिले पाठ लिएनन् विचारणीय विषय हो । त्यसकारण नेपालको नेतृत्ववर्गले यस्ता मर्मान्तक घटनाबाट पाठ सिक्न सक्नुपर्छ ।
नेपालको अन्तरिम संविधान नेपाली इतिहासको विशिष्ट कालखण्डको उपज हो । युगान्तकारी संक्रमणकालका बेलामा ल्याइएको यो संविधानबारे संवैधानिक रूपले प्रशस्त कमीकमजोरी रहेका बारे जनसमक्ष प्रकट भइसकेका छन् । तथापि यो संविधान राजनीतिक सहमतिको संवैधानिक दस्तावेज पनि हो । यसले विविध विषयमा नयँ“ सम्भावनाको ढोका खुला राखेको वास्तविकतालाई बिर्सनु हु“दैन । हामी अन्तरिम संविधानका आधारमा संविधानसभाको निर्वाचन गरी सबै नेपालीको सम्मान र सबै क्षेत्रको समान विकास गर्ने प्रतिबद्धताका साथ लोकतान्त्रिक संविधानको निर्माण गर्न गइरहेका छौ“ । नया“ संविधानको निर्माण नेपालीका लागि सबैभन्दा  ठूलो उपलब्धि बनोस् भन्ने चाहना हामी सबैको छ । त्यसका निम्ति अन्तरिम संविधान जारी भएपछिका घटनाक्रम र त्यसबाट उठ्न थालेका जातीय र क्षेत्रीयतावादी द्वन्द्वबाट समयमै पाठ सिक्नुपर्छ । आन्दोलनको महŒवपूर्ण पक्षलाई बिर्सेर आपसमा पदको निम्ति विवाद गर्नु आन्दोलनकारी र सहिदप्रतिको अपमान हो । राष्ट्रिय सहमतिको मूल बाटातिर नलागेर माओवादीले राष्ट्रपतिको चारो विभिन्न पार्टीलाई ङ्खया“किदिनु, एमालेले सबै साझा सहमति भूली पदको ¥याल काढ्नु र त्यसैलाई लिएर कांग्रेसले चित्त दुखाउनु कतिसम्म परिपक्वता हो ? साथै सबै पार्टी मिली नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेपछि पदका लागि जे–जस्तो कुकर्म गर्न पनि तयार हुने हामी कति कमजोर चिन्तन बोकेका पदलोलुप नेताका साथमा उमेर बिताइरहेका छौ“, जसलाई विगतका दस्तावेजमा कुनै विश्वास छैन । पदप्रतिष्ठाका लागि विगतका साझा दस्तावेजहरू जति बेला पनि च्यातिन सक्छन् । तसर्थ नया“ संविधान निर्माणका लागि विगतका साझा दस्तावेजलाई पालन गराउन आउने चुनौ–तीको सामना गर्न युवा सचेत हुनुपर्छ ।
दुर्भाग्यको कुरा, नेपाली मानसिकता चरम दासत्वबाट ग्रसित छ । एउटा स्वतन्त्र र कसैको दासता नबेहोरेको देश हु“दाहु“दै पनि नेपाली मानसिकता आफै“ले आफै“लाई कम आ“क्ने लघुताभास ग्रस्त छ । आङ्खनो देशप्रति गर्व गर्ने मानसिकता हामीमा छैन । यसले साधारण जनतालाई मात्र होइन, राजनीतिक नेतृत्वलाई पनि नराम्ररी गा“जेको छ । हाम्रा राजनीतिक निर्णय, आर्थिक नीति विदेशीको इशारामा चल्ने र बन्ने गरेका छन् । आजका युवाको पहिलो चुनौती विद्यमान नेपाली मानसिकतालाई परिवर्तन गर्नु हो । प्रत्येक नवजवानलाई उसको देशप्रति गर्व गर्न, विश्वास गर्न र समर्पित हुने धारणा विकास गराउन जरुरी छ । दरिद्र मानसिकता भएकाले महान् नेतृत्व निर्माण गर्न सक्दैन । किनभने नेतृत्व विश्वासकोे जगमा स्थापित हुने तथ्य हो । उच्च विचार र दृृढ विश्वासबाट देशलाई पूर्ण सार्वभौम र इज्जतदार मात्र बनाउने होइन, यसले आर्थिक एवं सामाजिक विकास पनि गर्न सकिन्छ । आत्मबल भएका मानिसका विचार र श्रमबाटै देशको निर्माण हुने गर्छ ।

प्रतिक्रिया