चेपाङ समुदायप्रति राज्यको उदासिनता

चेपाङ समुदायप्रति राज्यको उदासिनता

गाणेशराज कार्की, प्रमुख जिल्ला अधिकारी, चितवन

यहाको चेपाङबस्तीमा भोकमरीकै कारण ज्यान जाने समस्या जटिल समस्या हो । यो समस्या समाधान गर्न राहत अल्पकालीन समाधानको पाटो हो । राज्यका तर्फबाट कति सहयोग हुन सक्छ म आजै केन्द्रमा कुरा गर्छु । यद्यपि, भोकमरीकै कारण बस्ती नै समस्यामा रहेको जटिल विषय हो । यो समस्या सबै मिलेर समाधान गर्नैपर्छ । म समस्या समाधानका लागि जिविस तथा सम्बन्धित निकायसग के–कसरी अगाडि बढ्न सकिन्छ भनेर समन्वय गरेर अगाडि बढ्छु । जिल्लामा बसेर राज्यका तर्फबाट जिल्ला प्रशासनले के गर्न सक्छ, सहयोग तथा समन्वयका लागि म तयार छु । अन्य निजी क्षेत्रका सहयोग गर्ने दातालाई पनि भोको पेट रहेका चेपाङ समुदायको सहयोगका लागि पनि अपिल गर्छु ।

तत्कालै राहत प्याकेज आवश्यक

गोविन्द चेपाङ, नेपाल चेपाङ संघका पूर्व अध्यक्ष

वास्तवमा मकवानपुर, चितवन, धादिङका विभिन्न गाविस विगतदेखि नै खाद्यान्न संकटको चपेटामा पर्दै आएका छन् । भोकले चेपाङबस्तीमा मान्छेको मृत्यु नै हुन पुगेको छ । तर पनि सरकारले उनीहरूको यो दयनीय अवस्थाप्रति कुनै ध्यान दिएको छैन । सरकारले भोकमरीको समस्याबाट मुक्ति दिलाउन तत्कालै आवश्यक राहतका प्याकेज ल्याउनुपर्छ । यसका लागि मैले अर्थमन्त्रीलाई आजै जानकारी गराइसकेको छु । यी जिल्लाका विभिन्न गाविसका चेपाङहरू ६ महिनासम्म कन्दमूल खाएर नै जीवन व्यतीत गर्न बाध्य छन् । हामीले यसबारेमा सरकारलाई पहिलेदेखि नै ध्यानाकर्षण गराउ“दै आएका छौ“ । सरकारको उदासीनता र गैरजिम्मेवारीले गर्दा नै यस्तो अवस्था देखापरेको हो । सरकारले चेपाङ समुदायको यो समस्या समाधान गर्न दीर्घकालीन रणनीति बनाउनुपर्छ ।

प्रतिक्रिया